• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    मलेसियामा कोठामै अचेत छन् खिमबहादुर, उपचार गर्ने पैसा छैन

    472
    SHARES

    काठमाडौँ। मलेसियामा एक जना नेपाली अलपत्र परेका छन् । अबैधरुपमा मलेसिया पुगेका उनि बिरामी परेपछि अलपत्र परेका हुन् । उनका साथीहरुले उनि अलपत्र परेको कुरा सामाजिक सञ्जाल मार्फत सार्बजनिक गरेका छन् ।

    बाग्लुङको निसीखोला गाउँपालिकाका खिम बहादुर पुन अहिले जीवन मरणको दोसाँधमा छन् । उनलाई नत दुताबासले उद्धार गर्न सकेको छ नत यता नेपालको उनको सम्बन्धित स्थानिय सरकारले कुनै पहल गर्न सकेको छ । उनका साथीहरुका अनुसार उनको अब उतै निधन हुने हो कि भन्ने चिन्ता छ ।

    धन पैसा कमाएर परिवारको खुसी किन्ने ठूलो सपनासहित मलेसिया पुगेका पुन मलेसियाको आम्पाङमा अबैधानिक रुपमा सुरक्षागार्डको काम गर्दै आएका उनी अचानक बिरामी परेपछि रोजगारदाताले साधारण औसधी उपचार गराएको तर उनलाई निको हुनु भन्दा शरीर सुनिदै गएको उनका साथिहरुले जनाएका छन् ।

    अबैधानिक रुपमा मलेसियामा रहेकाले रोजगार दाताले राम्रो उपचार गराउन नपाएको उनका साथिहरुको भनाई छ । पुनका साथिहरुले सामाजिक सञ्जाल फेसबुकमा अहिले उनलाइ कसैले वास्ता नगरेको र बेडमै दिसा पिसाब हुन थालेको बताएका छन् । उनलाई अस्पताल लैजान पाए बचाउन सकिने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ