• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

    354
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ ।

    दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

    २००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गरेका थिए । त्यसको एक वर्षपछि २००६ सालमा उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका थिए । पुष्पलाल नेकपाको संस्थापक महासचिव हुन् ।

    पुष्पलाल शहीद गंगालाल श्रेष्ठका माइला भाइ हुन । जस्तो लेनिन अलेक्जेन्डरका भाइ थिए । अलेक्जेन्डरलाई जारले शहीद बनाएपछि लेनिनले रुसमा मार्क्सवादमा आधारित क्रान्ति सञ्चालन गरे । ठीक त्यस्तै गंगालाललाई राणाहरुले शहीद बनाएपछि पुष्पलालले दाजुको शवको अगाडि नेपालबाट सामन्तवादको अन्त्य र जनवादी गणतन्त्रको स्थापना गर्ने प्रण गरेका थिए ।

    नेपालको पहिलो राजनीतिक संगठन प्रजापरिषदको सदस्य थिए, गंगालाल । तर, पुष्पलालले २००० सालतिर ‘कर्मवीर महासभा’ भन्ने छुट्टै पार्टी गठन गरे। पछि नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएपछि उनि सो पार्टीको स्थायी समिति सदस्य र कार्यालय सचिव बने । यस हिसाबले उनि नेपाली कांग्रेसको संस्थापक सदस्य थिए ।

    केही समयपछि बीपी कोइराला र डिल्लीरमण रेग्मीको बीचमा अन्तरविरोध शुरु भयो । खासमा कांग्रेसको सम्मेलनले जेलमा रहेका टंकप्रसाद आचार्यलाई संस्थापक सभापति र बाहिर रहेका बीपी र रेग्मीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । तर, बीपीले रेग्मीलाई तपाईले मलाई मान्नुपर्छ भन्ने अडान लिएपछि विवाद शुरु भयो ।

    दुई शीर्ष नेताहरुलाई मिल्न दबाव दिने हेतुले त्यतिबेला पुष्पलाल १३ दिन अनसन बस्नुभएको थियो । तर, उनको अनसन सफल भएन । वीपी र रेग्मीबीच फुट भएरै छाड्यो । यसबाट पुष्पलालमा दिक्दारी पैदा भयो ।

    ठिक त्यही समयमा भारतीय कम्युनिष्ट पार्टीका नेता वीटी रणदिवे पुष्पलाललाई भेट्न आए । उनले मार्क्सवादबाट मात्रै नेपालको समृद्धि र आमूल रुपान्तरण सम्भव छ भन्दै पुष्पलाललाई ‘कन्भिन्स’ गरे र कम्युनिस्ट पार्टी स्थापनाका निम्ति प्रेरित गरे । कांग्रेस नेताहरुको किचलोबाट वाक्क भएका पुष्पलाल कम्युनिष्ट पार्टी निर्माण गर्न अग्रसर भए ।

    २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि पुष्पलाल लामो समय भारतमा निर्वासित रहे । २०३५ सालमा भारतमै हृदयघातबाट उनको निधन भयो । राजा वीरेन्द्रले पुष्पलालको शव नेपाल ल्याउन दिएनन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ