• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    म्यान्चेस्टर सिटीको मैत्रीपूर्ण खेल रद्द

    299
    SHARES

    काठमाडौँ । प्रिमियर लिगको तयारी रहेको म्यानचेस्टर सिटीले फ्रेन्च क्लब ट्रोएससँगको मैत्रीपूर्ण खेल नखेल्ने भएको छ । कोरोना महामारीका कारण इंग्ल्यान्ड सरकारको नयाँ क्वारेन्टिन नियमले सिटी र ट्रोएसबीचको खेल रद्द गरिएको हो ।

    प्रि-सिजन तयारी अन्तर्गत सिटीले जुलाई ३१ ट्रोएससँग उसैको मैदानमा खेल्ने तालिका रहेको थियो । तर, फ्रान्सबाट फर्किएपछि अनिवार्य १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि सिटीले मैत्रीपूर्ण खेल रद्द गरेको हो ।

    अब सिटीले जुलाई २७ मा च्याम्पियनसिप क्लब प्रिस्टनसँग खेल्नेछ । उक्त खेल बन्द रंगशालामा हुनेछ । सिटीले अगस्ट १५ मा टोटेनहमसँग खेल्दै नयाँ सिजनको खेल थाल्दैछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ