• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    चीनको हेनानमा हजार वर्ष यताकै बढी पानी पर्यो, सडकमै यसरी बग्न थाले गाडी

    539
    SHARES

    काठमाडौँ । चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

    पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ। रेल, सडक र विमानस्थल बन्द गरिएका छन्। वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको छ। धेरै मानिसहरू झेङझाउको सब वेमा बाढी आउँदा फसेका थिए।

    झेङझाउ सहर एलो रिभरको छेउमा छ। अत्याधिक वर्षा भएपछि नदी बढेको छ भने बाँधिएका ड्याम जुनसुकै बेला फुट्ने खतरामा पुगेका छन्। मौसमविद्हरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत शनिबारदेखि मंगलबारसम्म झेङझाउमा ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन्। औसतमा उक्त सहरमा वार्षिक ६ सय ४० मिलिमिटर पानी पर्ने गरेको थियो।

    मौसमविद्हरूले हेनानमा यति धेरै वर्षा एक हजार वर्षमा एक चोटी हुने घटना भनेका छन्। बुधबार पनि उक्त प्रान्तमा भारी वर्षा हुने अनुमान गरिएको छ भने सामान्य वर्षा अझै केही दिन जारी हुनेछ।

    त्यस्तै यता छिमेकी राष्ट्र भारतको मुम्बईमा वर्षाका कारण लगातार दोस्रो दिन पनि ठूलो क्षति भएको छ । सोमबार ठाणेस्थित कलवामा एक घरमा पहिरोमा परेर एकै परिवारका ७ जना पुरिएका छन् । यसमध्ये ५ जनाको मृत्यु भयो । मृत्यु हुनेमा ३ वर्षका बच्चा पनि छन् ।

    ५ वर्षका प्रिति र १८ वर्षका अचललाई भने पहिरोबाट सुरक्षित निकालिएको छ । यसअघि आइतबार चारवटा अलग घटनामा ३० जनाको मृत्यु भएको थियो ।

    यता, उत्तराखण्डको उत्तरकाशी जिल्लाको मान्डो गाउँमा आइतबार चट्याङका कारण ३ जनाको मृत्यु भएको छ, चारजना बेपत्ता छन् । एसडिआरएफको टिम उद्धार कार्यमा सक्रिय छ ।

    उत्तराखण्डका धेरै हिस्सामा पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहेको छ । गङ्गा, यमुना, भागीरथी, अलकनन्दा, मंदाकिनी, पिन्डर, नन्दाकिनी, टोन्स, सरयू, गोरी, काली, रामगंगालगायत नदीहरूको सतह बढेर खतरा सिर्जना गरिरहेको छ । दिल्ली, जम्मू कश्मीर, हिमान्चललगायत राज्यमा पनि निरन्तर वर्षा भइरहेको छ ।

    मुम्बई र पुनेमा सतर्कता अपनाउन आग्रह

    मुम्बईमा सोमबार बिहानदेखि जारी वर्षाका कारण कुर्ला, सायन, किंग सर्किल, अँधेरी सब वे, हिन्दमाता र दादरका सडकहरू पानीले भरिएको थियो । मौसम विभागले मुम्बई र पुने आसपास भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मुम्बईमा केही समयका लागि स्थानीय रेलहरूलाई रोकिएको थियो भने लामो दूरी चल्ने धेरै रेलहरूले रुट बदलेका थिए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ