• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    श्रीलंकालाई पराजित गर्दै एकदिवसीय क्रिकेट सिरिज भारतले जित्यो

    265
    SHARES

    काठमाडौँ । भारतले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गर्दै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो । जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै २-० ले कब्जा गरेको हो ।

    श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा दीपक चाहरले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । भुवनेश्वर कुमार १९ रनमा अविजित रहे । यस्तै सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ३७ रन बनाए ।

    श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ आश्लन्काले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । तेस्रो खेल शुक्रबार हुनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ