• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात

    243
    SHARES

    काठमाडौँ । आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा पाहुना टोली दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ । डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३३ रनले हराउँदै तीन खेलको सिरिजमा बिजयी शुरूवात गरेको हो । जितसँगै दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

    दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

    आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए । बेरी म्याककार्थीले अविजित ३० तथा जोस लिटल १५ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए । लुंगी एनजिडी र जर्ज लिन्डेले २/२ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले सर्वाधिक ३९ रन जोडे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ