• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड बिजयी

    165
    SHARES

    काठमाडौँ । नयाँ सिजनको प्रिमियर लिगको तयारीमा रहेको म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा बिजयी भएको छ । आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोलले हराएको हो ।

    प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ चोङ र फाकुन्डो पेलिस्ट्रीले एक एक गोल गरे । डर्बीका कोलिन काजिम रिचार्ड्सले एक गोल फर्काए ।

    १८औँ मिनेटमा चोङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा फाकुन्डोले गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए । ७०औँ मिनेटमा डर्बीका कोलिनले एक गोल फर्काए पनि अन्ततः युनाइटेडले खेल २-१ ले जित्यो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ