• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    घट्यो सुनको मूल्य

    434
    SHARES

    काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
    गत शुक्रबार बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ६०० रुपैयाँले नै घटेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा आज प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज डलरको भाउ शनिबारकै झैँ स्थिर रहेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ ।सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

    कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क रु दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ ।

    सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ