• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय रोचक-विचित्र

    अफगानी सेना डराएर भागेपछि, तालिबानीले बोरामा राखेको ३ अर्ब रुपैयाँ भेट्टाए !

    512
    SHARES

    काठमाडौं । अफगानिस्तानको ८५ प्रतिशत क्षेत्रमा कब्जा गरिसकेको तालिबानले दिनदिनै अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ।

    तालिबानी लडाकुहरु दिनदिनै अफगानिस्तानी चौकीमा कब्जा गरिरहेका छन् । पाकिस्तानको सीमा नजिकैको एक चौकी कब्जा गर्ने क्रममा भने तालिबानको भाग्य खुलेको छ । यहाँ तालिबानीले बोरामा भरेर राखिएको ३ अर्ब पाकिस्तानी रुपैयाँ फेला पारेका छन्।

    पाकिस्तानी रुपैयाँ नेपाली रुपैयाँभन्दा सस्तो छ । पाकिस्तानी १ रुपैयाँ बराबर नेपाली ७५ पैसा हुन्छ । यस हिसाबले तालिबानीले भेटेको रकम नेपाली रुपैयाँमा २ अर्ब २५ करोड रुपैयाँ हुन्छ।

    पाकिस्तानी मिडिया जियो न्युजका अनुसार तालिबानका प्रवक्त जबीउल्लाह मुजाहिदले वक्तव्य जारी गरेर पैसा भेटिएको कुराको पुष्टि गरेका छन्।

    घटना कान्दाहार जिल्लाको बोल्दाकमा पाकिस्तान-अफगानिस्तान सीमामा बनेको एक चेकपोस्टको हो । जियो न्युजका अनुसार तालिबानीहरु आइरहेको देखेपछि अफगानिस्तानको सेना चेकपोस्ट छोडेर भागेको थियो।

    चौकी कब्जा गरेपछि तालिबानी लडाकुले सबैभन्दा पहिले अफगानिस्तानको झण्डा हटाएर आफ्नो झण्डा लगाएका थिए । यो चौकीलाई रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिन्छ किनकि यो दुई देशको सीमामा छ

    पाकिस्तानी सेनाले पनि चौकीमा तालिबानको कब्जा भएको पुष्टि गरेको छ । अफगानिस्तानको रक्षा मन्त्रालयले पनि यो घटनाबारे बयान जारी गरेको छ । मन्त्रालयले यस मामिलामा निरीक्षण गरिरहेको बताएको छ।

    जियो न्यूजका अनुसार यो पैसा तस्करहरुसँग लिइएको पैसा हो । यो रुटमा कुनै पनि तस्कर समातिए अफगानिस्तानको सेनाले उसँग घुस लिन्थे।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ