• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    रिहा भएलगत्तै सुदर्शनको खुलासा- पार्टी भित्रकै मान्छेले गाडिमा लगेर प्रहरीलाई बुझाए

    8.8K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफूलाई पार्टीभित्रैका केही व्यक्तिहरुको गिरफ्तार गराएको खुलासा गरेका छन् । सर्वोच्च अदालतका आदेशमा रिहा भएका सुदर्शनले यस्ताे खुलासा गरेका हुन् ।

    सो क्रममा उनले उनले हतियार बोकेकाभन्दा पार्टीभित्र घुसेका दुश्मनसँग बच्न गाह्रो हुने समेत बताएका छन् । शुक्रबार गरिएको सम्मान कार्यक्रममा बोल्दै सुदर्शनले भने, “बाहिरको दुश्मन सजिलै देख्न सकिन्छ, बन्दुक समातेको दुश्मन सजिलै देख्न सकिन्छ तर हाम्रै पार्टीभित्र बन्दुक बोकेका मानिसहरु हुन्छन्, जसले हामीलाई आफै गाडीमा लिएर पुलिसलाई बुझाईदिए ।”

    बरु बाहिरका शत्रुलाई जित्न सजिलो हुने तर भित्रै नदेखिने गरी झण्डा बोकेका दुश्मनसंग सतर्क रहनु पर्ने समेत उनले बताए । जेल जीवनको अनुभूति सुनाउँदै सुदर्शनले आफूले जेलमा कम्युनिज्मको गुराँस रोपेर आएको बताए । नेपालमा कम्युनिस्टको गुराँस पहिलै रोपिएपनि जेलमा आफूले रोपेको बताए । खराब शासक भएको देशमा असल मान्छेहरु जेलमा हुने भन्दै सुदर्शनले जेलमा भएका आधाभन्दा बढी व्यक्ति निर्दोष हुने गरेको बताए ।

    नेता सुदर्शनले आफ्नो लागि जेल नयाँ नभएको स्मरण गर्दै पंचायतदेखि जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म आइपुग्दा पटकपटक जेलमा परेको बताए । उनले परिवर्तनको पक्षमा लागेकै कराण आफ्नो पार्टीका नेता कुमार पौडेललगायतको ह’त्या भएको समेत दावी गरे ।

    नेता सुदर्शनले जेल जीवन खेर नफालेको बताउँदै आफूले दिव्यअस्त्र ल्याएर आएको जानकारी नेता कार्यकर्ताहरुलाई दिएका छन् । त्यो दिव्यस्त्र पार्टीका महासचिव विप्लवलाई बुझाउने समेत उनको भनाइ छ । उनले जेल विश्वविद्यालय भएको भन्दै राजनीतिककर्मीले जेल जान डराउन नहुने समेत तर्क गरे । एक अर्को प्रसंगमा नेता सुदर्शनले नेपालका धेरै नेताहरु जेलमा जीवन बिताएर सत्तामा पुगेको भन्दै सत्तामा पुगेपछि जेलमा भोगेको दुःख र अवस्थालाई भुलेर उनीहरुले जेललाई नबुझेको धारणा राखे ।

    आफूले यो २८ महिने जेल बसाइका क्रममा माक्र्सवाद राम्रोसँग पढेको भन्दै उनले माक्र्सवाद पूरानो भएको भन्नेहरुलाई बलियो जवाफ ल्याएर आएको सुनाए । आफूले जेलमा रहँदा पाँच घण्टामात्रै सुतेर अध्ययन जीवन र जगतको अध्ययन गरेको बताए ।

    आफ्नो पार्टीले अगाडि सारेका जनसंग्रहको एजेण्डा सहि भएको बताउँदै सुदर्शनले अब जनतालाई व्यवस्था छान्न दिनुपर्ने धारणा राखे । जनतन्त्र ल्याउन जनताको मन जित्नुपर्ने  भन्दै उनले प्रधानमन्त्रीमत्रै बदलेर सत्ता नबदलिने बिचार व्यक्त गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ