• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विप्लव र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

    1.2K
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । नेता धर्मेन्द्र बास्तोलासँगै महासचिव विप्लव र प्रचण्डबीच प्रचण्डकै निवास खुमलटारमा भेटवार्ता भएको हो ।

    कांग्रेस नेतृत्वमा गठबन्धनको नयाँ सरकार बनेसँगै खुमलटारस्थित प्रचण्ड निवास पुगेर विप्लवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि गत वर्ष २१ फागुनमा विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

    शान्तिपूर्ण राजनीतिमा आउने क्रममा विप्लवले आफ्ना नेता-कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता, बन्दी रिहाइलगायत सहमति गरेका थिए ।तर, ३ बुँदे सहमति भएको ४ महिना बित्दा समेत सरकारले नेता कार्यकर्तालाई छाड्ने कुनै पक्रिया अगाडि नबढाएको भन्दै विप्लव नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।

    विप्लव र  प्रचण्डबीचको भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन । यद्यपी शान्ति प्रक्रियामा आउने सम्झौता गरिसकेको विप्लव नेकपाले प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ