• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन समाचार

    सलमान खानलाई टक्कर दिन यस्ताे के गरिरहेका छन् इमरान हाशमी ? देखेर सबै चकित

    1.5K
    SHARES


    काठमाडाैं। सलमान खानको फिल्म टाइगरको तेस्रो संस्करणका लागि प्रशंसक निकै उत्साहित छन् । फिल्मका दुई संस्करण ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ ले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसपटक तेस्रो संस्करणमा सलमानबाहेक कट्रिना कैफ र इमरान हाशमी मुख्य भूमिकामा छन् ।

    सलमान र कट्रिना त पहिला पनि सँगै काम गरिरहेका छन् तर इमरानले पहिलो पटक सलमानसँग काम गर्दैछन् । फिल्ममा सलमानले भारतीय जासुसको भूमिका निभाउनेछन् भने इमरानले उनको दुश्मनको भूमिका निभाउनेछन् र यसै कारण प्रशंसकले यी दुईबीच टक्कर देख्न पाउने भएका छन् ।

    इमरान आफ्नो भूमिकाका लागि र सलमानलाई टककर दिनका लागि निकै मिहिनेत गरिरहेका छन् । यसैबीच इमरानले आफ्नो एउटा फोटो सेयर गरेका छन् जुन उनको तालिमका बेलाको हो । यतिबेला इमरानलाई निकै भिन्न देख्न सकिन्छ जुन देखेर तपाईंलाई अचम्म पनि लाग्न सक्ला । इमरानले मास्क लगाएका छन् र उनी आफ्नो सुगठित शरीर देखाइरहेका छन् । फोटो सेयर गर्दै इमरानले लेखेका छन्, ‘यो त सिर्फ सुरुवात मात्रै हो’

    सलमानसँग काम गर्ने सपना पूरा भयोः

    एक अन्तरवार्तामा इमरानले सलमानसँग काम गर्ने विषयमा भनेका थिए, ‘सलमानसँग काम गर्न निकै मजा आउनेछ । उनीसँग काम गर्ने मेरो सपना थियो जुन अब पूरा भएको छ ।’

    फिल्मका निर्माता टाइगर थ्रीको अन्तरराष्ट्रिय सुटिङको तयारीमा व्यस्त छन् । १५ अगस्टपछि यो समूह सुटिङका लागि जानेछ । यद्यपि, हाल कहाँ जाने भनेर निश्चित भइसकेको छैन । फिल्मको सुटिङ युरोप र मिडल इस्टमा हुनसक्ने बताइएको छ । यस्तै फिल्मको सुटिङ सुरु गर्नुअघि निर्माता समूहले सबै सदस्यलाई खोप लगाउन भनेको छ । खोप लगाएकाहरु मात्रै सुटिङमा समावेश हुनेछन् ।

    आँधीले सेट बर्बाद भयोः

    फिल्मका निर्माताले मुम्बईको ग्राउन्डमा मिडल इस्ट मार्केटको रेप्लिकाको सेट बनाएको थियो । यद्यपि, आँधीका कारण सेट बर्बाद भएको थियो । अब निर्माण पक्षले पुनः सेट बनाउनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ