• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय रोचक-विचित्र

    के हो मुस्लिम महिलालाई ‘बेच्न’ राखेको ‘सुल्ली डिल’?

    688
    SHARES

    अघिल्लो साता दर्जनौं मुस्लिम महिलाहरू ‘अनलाइनमा बेच्न’ राखिएका थिए। त्यो लिस्टमा एकजना व्यावसायिक पाइलट पनि थिइन्, हाना खान। उनी एक व्यावसायिक एयरलाइन्सकी पाइलट हुन्। उनलाई एकजना साथीले ट्विटमार्फत त्यो सूचना दिएकी थिइन्।

    केही दिनदेखि धेरैजसो भारतीय मुस्लिम महिलालाई ‘टार्गेट’ गर्दै सुरु गरिएको ‘सुल्ली डिल’ भन्ने मोबाइल एप र वेभसाइटमा कैयौ महिलाहरूका फोटोहरू अपलोड गरिएका छन् र ‘डिल अफ द डे’ भनेर लिलामका लागि राखिएका छन्।

    गत सातादेखि भारतमा यो इन्टरनेट अपराध निकै चर्चामा आएको छ। यसमा मुस्लिम महिलाका तस्विरहरू उनीहरूको सामाजिक सञ्जालबाट बिनाअनुमति राखिएको छ। र त्यसमा ती महिलाको बारेमा विभिन्नथरि कुराहरू लेखेर बिक्रिका लागि भनेर लेखिएको छ।

    ‘मैले त्यहाँ ८३ जना महिलाको नाम गनेको थिएँ। त्यहाँ अरू पनि थिए’ खानले भनिन् ‘उनीहरूले मेरो ट्विटर अकान्टबाट फोटो लिएका थिए। यो एप २० दिनदेखि चलिरहेको छ। यसका बारेमा हामीलाई केही पनि थाहा छैन। यसले मेरो मथिङ्गल नै हल्लाइदिएको छ।’

    ‘सुल्ली’ मुस्लिम महिलामाथि प्रयोग गरिँदै आएको अस्लिल शब्द हो। खासगरी यो शब्दलाई हिन्दुहरूले मुस्लिम समुदायका महिलालाई टार्गेट गरेर ‘ट्रोल’ बनाएका थिए। खानका अनुसार उनीहरूले अहिले मुस्लिम महिलालाई टार्गेट गर्नका लागि विभिन्न हत्कन्डाहरू अपनाइरहेका छन्।

    ‘म पनि एक मुस्लिम महिला हुँ। मैले आफ्नै आँखाले देखेँ र आफ्नै कानले सुनेँ’ उनले भनिन् ‘उनीहरू चाहन्छन् कि हामी चुप रहौं।’ केही दिनअघि २ सयभन्दा धेरै चर्चित कलाकार, संगीतकर्मी, पत्रकार तथा सरकारी अधिकारीहरूले समेत फेसबुक, गुगल, टिकटक, ट्विटरजस्ता सामाजिक सञ्जालहरूलाई ‘महिला सुरक्षालाई प्राथमिकता दिन’ अनुरोध गर्दै खुल्ला पत्र लेखेका थिए।

    यो एप कसले चलाई रहेको छ भन्ने कुरा अझै केही पत्ता लागेको छैन। प्रहरी यसको खोज तलासमा जुटिरहेको छ। तर पनि कुनै सफलता हात लागेको छैन। यसले आम महिलालाई ‘अपमान’ र ‘हिंसा’ गरेको भन्दै अहिले भारतमा विरोध चर्किएको छ।

    यस्तै अब विवाहित वा घर परिवार भइसकेका मुस्लिम महिला अब तीन तलाकले रुने छैनन्। आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि जसरी वैधानिक रूपमै आफ्नो श्रीमानले छोड्ने बाध्यता थियो अब त्यसले मुस्लिम महिलालाई नछुने भएको छ।

    भारतमा भएको पछिल्लो कानूनी प्रावधानपछि त्यहाँका अधिकांश अखबारले लेखेका थिए–अब तीन तलाकले रुने छैनन् मुस्लिम महिला।किनेभने वैधानिक भनी मुस्लिम पुरुषले महिलामाथि थोपर्दै आएको यो एकतर्फी अन्यायलाई अब यहाँको सर्वोच्च अदालतले नै अवैधानिक घोषणा गरिदिएको छ। मुस्लिम लोग्नेले आफ्नी श्रीमतीलाई छोड्न चाह्यो भने वा ऊ वैधानिक रूपमै सम्बन्ध विच्छेद गर्न चाह्यो भने तीन पटकसम्म मौखिक रुपमै यो तलाक उच्चारण गरे पुग्दथ्यो।

    यी शब्दको भरमा श्रीमान् श्रीमतीबीच सम्बन्ध विछेच्द हुने यो प्रक्रिया मुस्लिम समुदायको प्रमुख धर्मग्रन्थ कुरानमा रहेको उनीहरूको दावी थियो। तर निकै लामो समयको अध्ययन र विभिन्न धर्मका गुरुकै गहन परामर्शबाट भारतको सर्वोच्च अदालतले यो प्रावधान कुरान कै मूल भावना र मर्मविरुद्ध भएको भन्दै यस प्रथालाई अवैधानिक र अमान्य ठहर गरिदिएको छ।

    यसरी अब मुस्लिम महिलाहरूले भारतमा पुरुषको यो जवर्जस्ती ब्यहोर्नुपर्ने छैन र आफ्नो लोग्नेले उता तलाक भनिरहँदा यता पीडित महिलाले बलिन्द्रधारा आँशु झारिरहनुपर्ने छैन। भारतमा मुस्लिम समुदायमा पुरुषले आफ्नी श्रीमती र वरिपरि रहेका अन्य बयस्कहरूले सुन्ने गरी ‘तलाक’ शब्द तीन पटकसम्म दोहोर्याई उच्चारण गरेकै आधारमा श्रीमतीसँग अलग्गिएर बस्ने, सम्बन्ध नै विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रहेको भन्ने आडमा निकै लामो समयदेखि नै महिलामाथि अन्याय गरिँदै आएको छ।

    यस्तो अनौठो कुप्रथालाई महिलाको अपमानको पराकाष्ठा नाघेको अनुभव सम्पूर्ण विश्वले गर्दै आएको थियो। यस प्रकारको कुरीति सदाका लागि अन्त्य हुनै पर्दथ्यो। यसका लागि भारतीय सरकार, नागरिक समाज, महिला अधिकार अभियन्ताहरू तथा मुस्लिम महिला समुदाय स्वंय एक दिन न एक दिन जागरुक भइ क्रान्तिकारी परिवर्तन ल्याउनै पर्दथ्यो।

    हाल सम्मानित सर्वोच्च न्यायालयको सफल प्रयासले वर्षाैंदेखि चली आएको सामाजिक कुप्रथा समाप्त गरी मुस्लिम महिला समुदायमा सामाजिक सुधारको पहिलो सफल पाइला चालेको छ। पुरुष प्रधान मुस्लिम समुदायमा धर्म, रितिरिवाज र सनातनी चलन वा परम्पराको आडमा अति पौराणिक कुप्रथा चलाइँदै आएको छ।

    साथै मुस्लिम महिलामाथि प्रत्यक्ष वा घुमाउरो पाराबाट गरिने थिचोमिचो, दमन, शोषण, उत्पीडन र विभेदकारी अन्य गतिविधिहरू २१औँ शताब्दिको यस अत्याधुनिक र डिजिटल संसारमा अति हास्यास्पद र उदेकपूर्ण रहिआएका छन्। तुलनात्मकरूपमा तातो रगत भएका पुरुषले झगडा वा लहडबाजीको आवेशमा आएर पनि भनिने यस तीन तलाक शब्दले मुस्लिम महिला साँच्चि कै अन्यायमा परेका थिए।

    दम्पत्तिबीच सँगै बस्न सक्दै नसकिने अवस्था आइपरेमा कानूनी उपाय अवलम्वन गरी सम्बन्ध विच्छेद गर्ने वैधानिक उपाय छँदाछँदै पछिल्ला केही वर्षदेखि त चिठ्ठीपत्र वा इमेल, फोन, स्काइप र ह्वाट्सएप् वा एसएमएस म्यासेजजस्ता विद्युतीय सञ्चार माध्यम प्रयोग गरी तलाक दिने समेत चलन बढेको थियो।

    मुस्लिम समाजमा कानून सरहकै मान्यता प्राप्त गर्दै यस्तो हास्यास्पद प्रचलनलाई भारतीय सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले अब अर्वध ठहर्याइएको छ। इस्लामिक कानून अवलम्वन गर्ने मुस्लिम राष्ट्रको रूपमा परिचित पाकिस्तान र बङ्गलादेशमा समेत यस्तो तीन तलाकको प्रावधान खारेज भइसकेको थियो भने भारतमा कायम रहिरहेको थियो।

    बहूसंख्यक हिन्दु धर्मावलम्बी बसोबास गर्ने विश्वबिख्यात भारतमा यस्तो कुरीति त्याग गर्न बाँकी रहनु नै केही लज्जास्पद पनि थियो। बिवाहित महिला–पुरुषको सम्बन्धलाई लक्ष्मी–नारायणको अवतार मानी निष्ठापूर्वक आदर र सम्मान गरिने सनातन हिन्दु परम्पराको बलियो प्रभाव रहेको यस देशमा केटाकेटीले गर्ने खेलाँचिजस्तै तीन पटक तलाक भन्दैमा दाम्पत्य सम्बन्ध नै टुट्ने आश्चर्यका रूपमा रहेको थियो।

    यस्तो प्रचलन महिला हिंसा नै भएको ठहर गर्दै भारतीय सर्बोच्च अदालतका हिन्दु, मुस्लिम, सिख, क्रिश्चियन र जारोआस्त्रा धर्म अनुयायी पाँच अलगअलग न्यायाधीश सम्मिलित वृहत्पूर्ण इजलासले आफ्नो फैसला सुनाएको थियो। यस तीन तलाकको व्यवस्थालाई सर्वोच्च अदालतले गैह्रकानूनी घोषणा गरे लगत्तै गत तीन वर्षदेखि पीडित एक मुस्लिम महिलाले आफ्नो निवास कानपुरबाट आफ्ना घरपरिवारविरुद्ध मुद्दा दायर गरेको घटना पनि यहाँ उल्लेखनीय छ।

    ती महिलाको सन् २०१५ को जुन महिनामा शारिक अराफत नामक एक मुस्लिमसँग बिवाह भएको थियो। बिवाहको लगत्तै उनका श्रीमानले दाइजोको विषयलाई लिएर झगडा गर्ने, मारपिट गर्ने गरेको रहेछ। यही निहुँमा तीन तलाक शब्दको उच्चारणबाट उनलाई तलाक दिइएको रहेछ। ती मुस्लिम महिलाले जीवन यापनको लागि भरणपोषण भत्ता (नेपालको कानूनी शव्दमा माना चामल) आफ्ना पूर्वश्रीमान्बाट भराई पाउनका लागि लामो समयदेखि कानुनी लडाईँ लड्दै आएकी थिइन्।

    तीन तलाकको आडमा वैवाहिक सम्बन्ध खत्तम गरिने यस कुप्रथालाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गरेपछि अव भारतीय सरकारले यस सम्बन्धमा प्रगतिशिल र मजबूत कानून बनाई तत्कालै लागू गर्नुपर्ने सुझाव उनकी आमा शाह बानोले दिएकी छिन्। तलाक स्वीकार गर्न बाध्य पारिएका महिलाहरू गरिबी र आर्थिक बिपन्नताका कारण दुखः वा पीडामा पर्नबाट अब बन्ने नयाँ कानूनले बचाउनु पर्छ भन्ने उनको धारणा छ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा भारतीय सर्वोच्च अदालतले तीन तलाक खारेजीको ऐतिहासिक फैसला गरेको हुँदा यस क्रान्तिकारी कदमको जस प्रधानमन्त्री मोदीलाई नै जान्छ। भारतको शासन सत्ता सम्हालेयता विभिन्न सामाजिक र राष्ट्रिय सुधारात्मक कदमअघि बढाउन उनले गरेका ऐतिहासिक निर्णयको सूचिमा यो पनि एक प्रमुख मानिएको छ।

    पीडित मुस्लिम महिलालाई मुक्ति दिने सर्वोच्च अदालतको प्रशंसित तीन तलाक खारेजीको बर्तमान फैसलाको सर्वत्र स्वागत गरिएको छ । परापूर्वकालदेखि नै गहिरो जरो गाडिएर झाङिगएका तीन तलाकलगायत अन्य बाँकी रहिरहेका यस्ता अनेकन् कुप्रथाबाट मुस्लिम समुदायका महिलाले मुक्ति पाउन्, महिला तथा घरेलु हिंसाले टाउको उठाउन नपाओस् भन्ने आशा विश्व समुदायले गरेको छ।

    एजेन्सीहरू र राससकाे सहयाेगमा

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ