• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    अमिर खानले १५ वर्षको सम्बन्धलाई तोड्दै श्रीमतीसँग गरे डिभोर्स, दुवैले छुट्टिने बेला के भने ? भिडियोसहित

    1.8K
    SHARES


    एजेन्सी । बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।

    आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरे ।

    आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो ।

    अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।”

    उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो ।

    २३ वर्षदेखि गुमनाम ‘राजा हिन्दुस्तानी’ की नायिका, विवाहित व्यक्तिको प्रेममा परेर ध्वस्त पारिन् करियर

    २५ वर्ष अघि आमिर खान र करिश्मा कपुरको फिल्म ‘राजा हिन्दुस्तानी’ को गीत ‘परदेसी परदेसी’ मा देखिएकी नायिका प्रतिभा सिन्हा ५१ वर्ष पुगेकी छिन् । ४ जुलाई सन् १९६९ मा कोलकातामा जन्मिएकी प्रतिभा सिन्हा पछिल्लो समयकी चर्चित नायिका माला सिन्हाकी छोरी हुन् । प्रतिभाले सन् १९९२ मा रिलिज भएको फिल्म ‘मेहबूब मेरे मेहबूब’ बाट करियरको सुरुवात गरेकी थिइन् । यद्यपि, उनको करियर निकै छोटो रह्यो र उनले १३ फिल्ममा मात्रै काम गरिन् ।

    सङ्गीत निर्देशक नदिम सेफीसँग प्रतिभा सिन्हाको अफेयर लामो समयसम्म चर्चामा रह्यो । विवाहित नदिमको प्रेममा प्रतिभा यति पागल थिइन् कि उनले आफ्नो करियरसमेत दाउमा लगाइन् ।

    प्रतिभाले एकपटक अन्तरवार्तामा उनले छिट्टै नै नदिमसँग विवाह गर्न लागेको बताएपछि धेरैजसो चकित परेका थिए । यद्यपि, पछि उनी आफैंले यो खबर खण्डन गर्दै उनले विवाह गर्न लागेको होइन भनिन् ।

    स्मरण रहोस्, नदिममाथि गुलशन कुमारको हत्याको आरोप छ । रिपोर्टका अनुसार प्रतिभाकी आमा माला सिन्हा उनको र नदीमको सम्बन्ध विरुद्ध थिइन् । यस्तोमा कसैले पनि उनीहरुको अफेयरबारे थाहा नपाओस् भनेर नदीम र प्रतिभा एक–अर्कासँग कोड वर्डमा कुराकानी गर्दथे ।

    प्रतिभाको कोड नेम ‘एम्बासेडर’ र नदिमको ‘एस’ थियो । जब मिडियालाई दुबैको गोप्य नामबारे थाहा भयो तब प्रतिभा सिन्हाले खुलेर नदीमसँगको आफ्नो सम्बन्धको कुरा स्वीकार गरेकी थिइन् ।

    जब यसबारे मालालाई थाहा भयो तब उनी असाध्यै रिसाइन् र प्रतिभालाई रोक्ने कोसिस गरिन् । नदीम सैफी पहिले नै विवाहित भएका कारण प्रतिभासँग उनको सम्बन्ध मालालाई मञ्जुर थिएन । उनले दुबैलाई अलग गर्ने भरपुर कोसिस गरिन् । तर प्रतिभा नदीमबाट टाढा हुन राजी थिइनन् ।

    रिपोर्टलाई विश्वास गर्ने हो भने प्रतिभासँग अफेयरको खबरको विषयमा नदीम पनि निकै चिन्तित भएका थिए । खबरका अनुसार माला सिन्हाले नदिमको घरमा फोन गरेर निकै गाली गलौज गरेकी थिइन् । पछि प्रतिधाले आफ्नी आमाको तर्फबाट नदीमसँग माफी मागेकी थिइन् ।

    नदीमले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘आमा–छोरी मिलेर मसँग गेम खेलिरहेका छन् । उनीहरु मेरो नाम प्रयोग गरेर बढीभन्दा बढी चर्चा कमाउन खोजेका छन् । म प्रतिभा सिन्हालाई सहयोग गर्न मात्रै चाहन्थेँ किनभने प्रतिभा एक बहुप्रतिभाशाली नायिका हुन् र त्यसैले म उनीसँग नजिक थिएँ । हामीबीच अब केही पनि छैन । ’

    प्रतिभा सिन्हा अन्तिम पटक सन् १९९८ मा रिलिज भएको फिल्म ‘मिलिट्री राज’ मा देखिएकी थिइन् । त्यसपछि उनलाई कहिँ कतै देखिएको छैन । केही मिडिया रिपोर्टका अनुसार उनी हाल आफ्नी आमा माला सिन्हासँग गुमनाम जीवन बिताइरहेकी छिन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ