• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    मनाङका बाढी पिडीतहरुलाई राष्ट्र सेवक कर्मचारीहरुले जुटाए राहत

    504
    SHARES

    मनाङ । मनाङ जिल्लाको चामे र नासों गाउँपालिकामा गएको बाढी पहिरोबाट प्रभावित पिडीतहरुलाई जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत पूर्व कर्मचारीहरुले सहयोग जुटाएर पठाएका छन् । उनीहरुले फेसबुकमा हेल्प फर मनाङ नामको ग्रुप बनाई सहयोग जुटाएका हुन् ।

    केही खराब आचरणका कर्मचाकारीका कारण आम मानिसमा सबै राष्ट्र सेवक कर्मचारीहरु घुस्याहा र भ्रष्टचारी हुन्छन् भन्ने नकारात्मक सोच नागरिकहरुमा रहेका हुन्छ । तर धेरै कर्मचारीहरुले भ्रष्टचार विरोधी तथा अन्य धेरै उदाहरणीय कामहरु पनि गरेको हुन्छन् भन्ने एउटा उदाहरण मनाङका पूर्व कर्मचारीहरुले संकटमा नागरिकलाई राहत जुटाएर पेश गरेका छन् ।

    जिल्ला प्रसाशन कार्यालय मनाङले ति कर्मचारीहरुको खुलेर प्रसंशा गरेको छ । मनाङ जिल्लामा वाढी पहिरोका कारण चामे गाउँपालिका र नासों गाउँपालिकामा अत्याधिक क्षति भएको छ । उक्त पहिरोमा परी क्षति व्यहोर्ने मनाङका वासिन्दाको घाउमा मलम लगाउन त्यही जिल्लाका सरकारी कार्यालयमा कार्यरत पूर्व कर्मचारी तथा हाल कार्यरत सरकारी कर्मचारीहरुले यसरी राहत जुटाईदिएकोमा स्थानिय प्रसाशनले खुसी ब्यक्त गर्दै धन्यबाद दिएको छ ।

    पूर्व कर्मचारीहरुको पहलमा फेसबुकबाट सुरु भएको सहयोग जुटाउने अभियानमा हाल मनाङमा कार्यरत कर्मचारीहरुले समेत हातमा हात मिलाएपछि पिडीतलाई सहयोग जुटाउन थप सहज भएको पुर्व कर्मचारीहरुले बताएका छन् । उनीहरुले आफुले पनि सकेको सहयोग गरेका छन् भने अरु आफ्ना सहकर्मी साथीहरुहरुलाई पनि सकेको सहयोग गर्न आव्हान गरेका थिए ।

    कर्मचारी बसन्त अधिकारीले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार हालसम्म २ लाख ९६ हजार ६ सय ६० रुपैयाँ नगद सहयोग जम्मा भएको र उक्त रकमबाट बाढी पिडीतहरुलाई खाद्यान्न र दैनिक उपभोगका सामाग्रीहरु किनेर पठाईएको छ । उनिहरुले पठाएको राहात सामाग्रीलाई जिल्ला प्रसाशनले पिडीतहरुको अबस्था हेरी समानुपातिक वितरण गरिने जनाइएको छ ।

    असार ६ गतेबाट १६ गतेसम्म रकम संकलन गरेर राहात सामाग्री किनेर पठाइएको बसन्त अधिकारीले सञ्चारकेन्द्रलाई जानकारी दिएकी छन् । प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेसँग समन्वय गरेर आवश्यक सामाग्री किनेर पठाइएको उनले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयले शिव पाैडेल, वसन्त अधिकारी, सुमन अधिकारीलगायतका सहयोगी र सहयोगका लागि पहल गर्नेहरुलाई धन्यवाद दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ