• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फेसबुक बन्द भएको हल्ला चलाइएपछि पत्रकार दिल निशानीले लेखे यस्तो स्टाटस

    14.4K
    SHARES


    काठमाडौँ, २९ माघ ।

    पत्रकार तथा लेखक दिल निशानी मगरले आफ्नो फेसबुक एकाउन्ट कसैले रिपोर्ट गरेर बन्द नभएको बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमै स्टाटस पोस्ट गर्दै यस्तो बताएका हुन् ।

    केहि दिन अघि पत्रकार दिल निशानि मगरको फेसबुक बन्द हुँदा सामाजिक संजालमा बिरोधिहरुले उत्सब मनाइरहेका थिए तर ठिक यसैबेला आज पुनः उनले आफ्नो फेसबुक एक्टिभ गर्दै यस्तो स्टाटस लेखेका हुन् ।

    दिल निशानी मगरका विरोधीहरुले रिपोर्ट गरेका कारण उनको फेसबुक एकाउन्ट बन्द भएको खबर विभिन्न सामाचार माध्यामहरुमा आएका भए पनि त्यसो नभई आफन्तको आग्रह अनुसार केहि समयको लागी डिएक्टिभ गरेको मगरले बताएका छन् ।

    आफ्नै फेसबुक पुनःएक्टिभ गर्दै मगरले स्टाटस मार्फत कसैको कारण ब्लक नभएको र आफैले केहि समयका लागि डिएक्टिभ गरेको बताएका छन् ।

    ‘निशानीकाे निजी विचारलाई केही संचार माध्यामहरुले बेकारमा विवादित गराएपछि आफन्तहरुको आग्रहमा ‘फेसबुक आईडी’ केही समयको लागी डिएक्टिभ गरेको हुँ, ब्लक भएको हैन’ सोमबार उनले आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेख्दै भनेका छन् ।

    आफन्तहरुकै सल्लाह अनुसार आगामी दिनहरुमा पनि फेसबुक अकाउन्टलाई भन्दा पनि फेसबुक पेज र ट्विटरको प्रयोग बढी गर्ने मगरले बताएका छन ।

    मगरको फेसबुक बन्द भएपछि बाहुनबादद्वारा दिल निशानि मगरको फेसबुक बन्द भएको जिकिर गर्दै मगर जातीय विभेदको सिकार भएको समेत दाबि गरेका थिए । तर अन्ततः सबै आंकलनहरु झुठो साबित भएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ