• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कृषि बागमती विजनेश

    चोभारमा सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा

    835
    SHARES

    काठमाडौँ । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरिसकिने बताएका छन् ।

    बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उनले बताए ।

    उनले भने, ‘भन्सारको लागि र क्वारेन्टीनका लागि विल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ । ३ वटा तयार भइसकेको छ । ठुलो–ठुलो गोदामहरु २ वटा निर्माण भइसकेकको छ । कन्टेनर यार्ड त्यो पनि तयार भइसकेको छ । पार्किङ यार्डहरु बनिसकेको छ । गेट तीनवटै धमाधम सकिने स्थितिमा छ । ड्राइभरका लागि खाना पकाउने ठाउँ , ट्वाइलेट, वाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौँ ।’

    काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधैँ काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए ।
    वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ