• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    सरकारको निर्णय अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने घोषणा

    751
    SHARES

    काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन् । सरकारले लिएको नीति र गरेका निर्णयमाथि विभिन्न ध्यानाकर्षणहरु जनाउँदै व्यवसायी र महजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।

    काठमाडाैं उपत्यकाको स्थानीय प्रशासनले मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।

    ठूला बस मात्रै चल्न दिने निर्णयले साना व्यवसायी र त्यसमा कार्यरत मजदुरहरु ऋण र रोजीरोटीको समस्या परेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

    ‘जोर बिजोरमा सार्वजनिक यातायात चलाउँदा भीड बढ्छ, भीडलाई गाडी चढ्नबाट रोक्न सकिन्न, अनि ट्राफिकले त्यही बाहानामा चिट काट्छ,’ उनले भने,’सबै सार्वजनिक सवारी चल्न दिएमा भीड पनि कम हुन्छ, व्यवसायी र स्वरोजगार मजदुरको समस्या पनि हल गर्न सघाउ पुग्छ ।’

    महासचिव सिटौलाले अब विमानमा यात्रु बोक्न दिने निर्णय भएकाले लामो दूरीको सवारी चल्न नदिनु अन्याय हुने बताए । ‘सामाजिक दूरीको पालना विमानभित्र भन्दा बसभित्र राम्रो हुन्छ,’ उनले भने,’पैसाले समस्या नहुनेहरु चढ्ने विमानलाई सरकारले एउटा र गरिब चढ्ने बसहरुबारे अर्को नीति लिनु उचित छैन ।’

    उनले सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गरेर तुरुन्तै सार्वजनिक सवारी चलाउने वातावरण बनाउन महासंघसहित मजदुर संगठनहरुले माग गरेका छन् ।

    ‘हामी ऋण र व्याज तिर्न नसकेर समस्या फसेकाहरुमाथि अन्याय भए सार्वजनक सवारी असार १८ गतेदेखि सबै चल्छन्,’ उनले भने,’हामीले त्यसअघि नै सरकारले उचित तवरले सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका छौं ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ