• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास समाचार

    साउदी जाने नेपाली कामदारको क्वारेन्टाइन खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने

    685
    SHARES

    काठमाडौँ । साउदी जाने नेपाली कामदारको क्वारेन्टाइन खर्च वापतको रकम रोजगारदाता कम्पनीले नै व्यहोर्नु पर्ने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अबदेखि साउदी जाने श्रमिकहरुको संस्थागत क्वारेन्टाइनको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने जानकारी साउदी सरकारबाट दूतावासलाई प्राप्त भएको जनाएको छ ।

    दूतावासका अनुसार घर बिदामा गएर साउदी फर्किन लागेका नेपाली कामदारहरुले संस्थागत क्वारेन्टाइनको खर्चको बारेमा आफ्नो कम्पनीसँग कुरा गर्न अनुरोध गरेको छ ।

    नयाँ आउने श्रमिकहरुको क्वारेन्टाइन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेन्टाइनको नाममा हुनसक्ने सम्भाव्य ठगीबाट बच्न समेत दूतावासले सूचनामा भनेको छ ।

    यस्तै सात दिनको संस्थागत क्वारेन्टाइन वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन साउदी सरकारलाई अनुरोध गरेको दूतावासले जनाएको छ ।

    नेपाली श्रमिकले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने भएपछि अब बिदामा नेपाल गएर पुन: साउदी फर्किने तयारीमा रहेका नेपालीलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ । पछिल्लो समय काठमाडौँका ट्राभल एजेन्सीहरुले साउदीमा क्वारेन्टाइनको लागि भन्दै एक लाख भन्दाबढी रकम असुल्दै आएका थिए ।

    साउदी सरकारले गत मे २०, २०२१ मा एक सूचना सार्बजनिक गर्दै साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक त्यहाँ पुगेपछि अनिवार्य रूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको थियो ।

    त्यस्तै कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसंगै मलेसियाको क्वालालम्पुर-काठमाडौँ सातामा ४ उडान हुने भएको छ । मलेसियास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै क्वालालम्पुरदेखि काठमाडौँको लागि सातामा ४ वटा उडान हुने जनाएको छ । ती उडान दुई पटा नेपाल एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका हुनेछन् ।

    नेपाल जाने टिकट लिनुअघि आफूसँग भएका कागजातहरु (राहदानी, ट्राभल डकुमेण्ट, भिसा,चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

    मलेसियाबाट स्वदेश फर्किने नेपालीहरुले ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र तथा सीसीएमसीले जारी गरेको फारम भरेर बारकोड अनिवार्य रुपमा साथमा हुनुपर्नेछ ।

    काठमाडौं पुगेपछि ५ दिनसम्म अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । काठमाडौँमा पनि पीसीआर परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरी घर जान दिइने छ । कोरोनाविरुद्धको दुवै खोप लगाएरहरुलाई भने अबदेखि १० दिन होम क्वारेन्टिनमा बस्ने गरी सिधै घर जान दिने भएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको आदेश २०७८ मा विदेशबाट स्वदेश फर्किने यात्रुले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन होम क्वारेन्टिनमा बस्ने गरी सिधै घर जान अनुमति दिने व्यवस्था गरेको हो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ