• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल समाचार

    बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ, यस्तो छ कारण

    0.9K
    SHARES


    अक्सर विवादमा रहने बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ परेकी छन् । अहमदावाद पुलिसले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

    सोसाइटीका चियर पर्सनसँग विवाद पछि सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गरेको आरोप उनलाई लागेको छ । उक्त पोष्ट उनले पछि डिलिट समेत गर्दिएकी थिइन् । उनलाई सोसाइटीको चियर पर्सनलाई ज्यान मार्ने धम्की दिएको र सोसाइटीका मानिससँग झगडा गरेको आरोप समेत लागेको छ ।

    सोसाइटीका चियर पर्सन र त्यहाँका मानिसको उजुरी पछि अहमदावाद स्याटलाइट पुलिसले उनलाई गिरफ्तार गरेको हो । ‘२० जुनमा सोसाइटीमा एक मिटिङ भएको थियो । उनी मिटिङको सदस्य थिइन् । तै पनि उनी मिटिङमा सहभागी भएर बोल्न थालिन् । सोही कारणले चियर पर्सनले उनलाई सम्झाएका थिए । त्यसैमा उनले चियर पर्सनलाई गाली गर्न थालिन्’ उजुरीमा भनिएको छ ।

    उनले आफ्नो रिस सोमल मिडियामा समेत उतारैकी थिइन् । जसमा चियर पर्सनको नाम लिएर अश्लील भाषाको पनि प्रयोग गरेकी थिइन् । उनले चियर पर्सनलाई सोसाइटीको गुन्डा समेत बताएकी थिइन् । तर केही कमेन्ट आएपछि उनले सबै पोष्ट डिलिट गरेकी थिइन् ।

    सोसाइटीका एक सदस्य तथा पेशाले डाक्टर जयशले पायलको क्रियाकलाप सभ्य नभएको, सानोसानो कुरामा अरुसँग झगडा गर्ने, सोसाइटीका बच्चालाई खुट्टा भाच्ने धक्की दिने समेत गरेको बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ