• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली सरकारले गर्यो फेरि जनता रुवाउने यस्तो नयाँ निर्णय, राति १२ बजेबाट लागु हुने

    4.3K
    SHARES

    काठमाडौं । कोरोना महामारीबिरुद्ध प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोकप्रिय बन्दै गएको कामचलाउ ओली सरकारले फेरि अर्को जनता रुवाउने निर्णय गरेको छ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।

    अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

    निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो ।

    घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउादै लगातार मूल्य बढाइरहेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

    आन्तरिक हवाई उडान खुल्ने मिति तोकियो

    मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ ।

    उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् ।

    साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको हो ।

    सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।

    अन्तर्राष्ट्रिय भोलिबाटै !

    अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

    २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

    २७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।

    २८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ ।

    फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

    यसैबीच पाँच दलीय विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने भएको छ । बुधबार साँझ बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालका कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

    मंगलबारमात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए । त्यसको भोलिपल्ट बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धको बैठकले प्रतिगमनका विरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो ।

    माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सुरु भए पनि संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अगाडि बढाउने निर्णय भएको बताए ।

    ‘प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अदालतमा बहस सुरु भएको छ । अदालतले संविधानसम्मत ढंगले लोकतन्त्रको पक्षमा संविधानको प्रावधान र मर्मअनुसार नै निर्णय गर्नेछ भन्ने आशा गर्नुपर्छ,’ उनले भने, ‘तर, प्रतिगनविरुद्ध तथा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालन कार्यक्रम अगाडि बढाउने भन्ने निर्णय भएको छ ।’

    नेता श्रेष्ठले कोभिड–१९ को दोस्रो लहरको संक्रमण कम हुँदै गएको र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी जनपरिचालनका कार्यक्रम गरिने बताए ।

    बुधबारको बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए । गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । साथै गठबन्धनलाई अझै मजबुत बनाउने निर्णय पनि बैठकले गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ