• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न

    466
    SHARES

    काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको हो ।

    वर्तमान अवस्थालाई ध्यानमा राख्दै बैंकले आयना शेयर धनीहरुलाई अभौतिक रूपमा उपस्थित हुन Zoom ID / Passcode को व्यवस्था मिलाएको थियो।

    युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः३५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर प्राप्त गर्नेछन्।

    युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ ATM​ संख्या भने १८९ हुनेछ । निक्षेपको अंक २१६ अर्ब हुनेछ भने कर्जाका अंक २०१ अर्ब हुनेछ ९ चैत्र मसान्तको वित्तिय विवरण अनुसार यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको अंक २ खर्ब माथि हुनेछ ।

    यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ