• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    बाबुराम भट्टराईको यस्तो एक ट्वीटले सामाजिक सञ्जालमा खैलाबैला, कसलाई के भने त्यस्तो ?

    748
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।

    देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल/नेतृत्वको स्खलन भएको भट्टराईले बताए । सामाजिक सञ्जाल ट्वीटरमा भटराईले आइतबार बिहान लेखेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।’

    नेता भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए । ‘कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’नरहनु १ कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है,’ भट्टराईले लेखेका छन् ।

    आइतबार बिहान ट्वीट गर्दै भट्टराइले भनेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ उनले थपेका छन्, ‘कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है ।’

    त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल थालेका छन् । आगामी महाधिवशेनमा पनि सभापति उठ्ने बताएका देउवाले त्यसैको तयारीस्वरूप निकट नेताहरूसँग छलफल थालेको बुझिएको छ । बिहान १० बजेदेखि बुढानिलकण्ठस्थित निवासमा देउवाले वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

    बैठकमा सिटौला निकट मानिने कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई पनि सहभागी भएका छन् । आजै देउवाले अपराह्न ३ बजे गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग पनि छलफल गर्दैछन् । शनिबार उनले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ