• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    १४ व्यक्तिले यौ’न शो’षण गरेको अभिनेत्री रेवतीको खुलासा

    1.8K
    SHARES


    मलयालम फिल्मकी अभिनेत्री रेवती सम्पतले आफूलाई फिल्म उद्योगका १४ व्यक्तिले यौ’न शो’षण गरेको खुलासा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत सबैको नाम सार्वजनिक गर्दै यो कुराको खुलासा गरेकी हुन् ।

    उनले उल्लेख गरेको नामको सूचीमा ठूला अभिनेता तथा निर्देशक छन् । उनले कलाकार सिद्दिकी, निर्देशक राजेश टचरिलर और डीवाइएफआइ नेता नन्दी अशोकनको नाम पनि लेखेकी छन् ।

    ‘म यहाँ व्यावसायिक, व्यक्तिगत र साइबर स्पेसका माध्यमबाट शो’षण गर्ने व्यक्तिको नाम खुलाइरहेकी छु । यी व्यक्तिले मेरो शारीरिक, मानसिक र भावनात्मक रुपले शो’षण गरेका छन्’, मलयालम भाषामा उनले लेखेकी छन् ।

    उनले राजेश टचरिवर, सिद्दीकी, आशिक माही, शिजू ए आर, अभिल देव, अजय प्रभाकर, एम यसएसएस, सौरभ कृष्णन, नन्दू अशोकन, मेक्सवेल जोस, शानूब करुवथ र चाकोस केक, राकेन्ट पाई, सरुन लियो, सब इन्स्पेक्टर बीनू (पुनथुरा पुलिस स्टेशन, त्रिवेन्द्रम) ले यौ’न शोषण गरेको दाबी गरेकी छन् ।

    कलाकार सिद्दिकीमाथि यसअघि पनि यौ’न शोषणको आरोप लागिसकेको छ । त्यो समयमा सिद्दिकीमाथि कुनै कानूनी कारवाही भएको थिएन । रेवतीको खुलासापछि उनका फ्यानहरु सिद्दिकीसहित अन्यलाई कारवाहीको माग गरिरहेका छन् । उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले नाम लिएका व्यक्तिहरुले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

    त्यस्तै बलिउड अभिनेत्री नीना गुप्ताको जीवन निकै उतारचढावयुक्त छ । उनले व्यावसायिक र नीजि जीवनमा निकै संघर्ष गर्नुपर्यो । अभिनेत्रीले सफलता पनि ६० वर्षको उमेरमा पाइन् । अब नायिका बलिउड उद्योगको ठूलो नाम बनिसकेकी छिन् र उनले लगातार फिल्मको अफर पाइरहेकी छिन् । निर्माता–निर्देशकले उनलाई विश्वास दिलाउने कोसिस गरिरहेका छन् । अब नीना आफ्नो आत्मवृत्तान्त लेखिरहेकी छिन् । यसमा उनले आफ्नो नीजि र वैवाहिक जीवनको विषयमा थुप्रै खुलासा गरेकी छिन् ।

    सबैलाई थाहा छ नीना गुप्ता वेस्टइन्डिज खिलाडी सर विवियन रिचर्डस्सँग सम्बन्धमा थिइन् । यो सम्बन्धबाट उनीहरुका मसाबा नामकी छोरी पनि छिन् । तर छोरी जन्मिएपछि विवियन रिचर्डस्ले नीनासँग विवाह गर्न अस्वीकार गरिदिए । यो समय नीनाका लागि निकै मुश्किल समय थियो । उनले फिल्ममा पनि खासै काम पाइरहेकी थिइनन् । यसबाहेक सुरुमा उनी विवियन रिचर्डस्सँग आफ्नो सम्बन्धका कारण चर्चामा आइन् र पछि ब्रेकअपका कारण । सिंगल ममको रुपमा उनले मसाबालाई हुर्काइन्, बढाइन् ।

    नीनाले आफ्नो किताब सच कहूं तोमा बताएअनुसार उनी गर्भवती हुँदा उनले विभिन्न खालका सल्लाह पाउने गर्दथिन् । धेरैले उनलाई दोस्रो विवाह गर्न सुझाउँथे । उनकी एक साथीले उनलाई मुम्बईको बान्द्रामा एक गे बैंकरबारे कुरा गरिन् । नीनालाई उनकी साथीले ती बैंकर पनि समाजको लाञ्छनाबाट पार पाउन चाहेको र नीनाले चाहेको खण्डमा विवाह गर्न सक्ने बताइन् ।

    ती साथीले नीनालाई उनी जीवनमा सेटल हुने लोभ देखाउँदै ती व्यक्तिको पनि काम बन्ने बताइन् । समाजको नजरमा यो विवाह हुने बताएपछि दुबैले आ–आफ्नो जीवन बाँच्न पाउने पनि शर्त राखिन् । तर यसमा नीना बेस्सरी हासिन् र विवादबाट बचका लागि विवाह नगर्ने र यो मुश्किल समयको सामना गर्ने भन्दै जवाफ फर्काइन् ।

    नीनाले आफ्नो किताबमा लेखे अनुसार जब उनी गर्भवती थिइन् र मसाबा जन्मिन केही महिना मात्रै बाँकी थियो तब त्यतिबेला फिल्म निर्माता–निर्देशक सतिश कौशिकले पनि उनलाई विवाहका लागि प्रस्ताव राखेका थिए । सतिशले बच्चा आफ्नो भएको बताउने र कसैलाई कुनै प्रकारको शंका पनि नहुने बताएका थिए ।

    दिल्लीका सीएसँग गरिन् विवाहः

    स्मरण रहोस्, नीना गुप्ताले दिल्ली बेस्ड चार्टर्ड अकाउन्टेन्ट विवेक मेहरासँग विवाह गरेकी छिन् । उनले सन् २००८ मा विवाह गरेकी हुन् । सन् २०१८ मा बधाई हो फिल्ममा एक उमेरदार गर्भवती महिलाको भूमिका निभाएपछि उनले पहिचान पाइन् । उनले वीरे दि वेडिङ र मुल्कसमेत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया