• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    उपप्रमुख खड्गीसहित कांग्रेसका १४ जनप्रतिनिधिले गरे काठमाडौँ महानगरको नगरपरिषद् बहिष्कार

    436
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीसहित कांग्रेसका जनप्रतिनिधिले महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेका छन् ।

    उपप्रमुख श्रेष्ठ खड्गीका अनुशार महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित गर्ने नियमलाइ प्रमुख बिद्या सुन्दर शाक्यले एकलौटी ढंगले कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् ।

    ‘काठमाडौं महानगरपालिकाको आज बोलाइएको नगरपरिषद् राष्ट्रियसभामा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिकाको बोर्डबाट पारित नै नगरि आफ्नो पक्षकाहरुसंग मात्र छलफल गरेर एकलौटी मनोमानी तरिकाले नीति तथा कार्यक्रम परिषद्‍मा लैजान लागेकोमा म लगाएत कांग्रेसबाट निर्वाचित १४ जनप्रतिनिधिले बहिष्कार गरेका हौ ।’ उपप्रमुख श्रेष्ठले भनिन ।

    नगर प्रमुख शाक्यले नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटोलाइ सोझै छलेको उनको भनाइ छ । ‘प्रमुख ज्युले नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटोलाइ सोझै छल्नुभएको छ । यस कदमले उहाको स्वेच्छाचरीता प्रष्ट्याएको छ।’ उनले भनिन- ‘हामीलाई चुनेका महानगरवासीलाई कोभिड बिरुद्दको नि:शुल्क खोप घर घरमा गएर दिउ , अहिलेको यो परिस्थितिमा कर घटाउ दायरा बढाऊँ भन्ने हाम्रो प्रस्तावलाई उहाँले कुनै स्थान दिनु भएन। नगरवासीले उठाएका जनभावनाका बिषयमा हामीले पटक पटक उहाँसमक्ष राख्दा समेत गैरजिम्मेवार बनि हदैसम्मको निषेध बाटोमा उहाँ लगेपछि हामीले बाध्य भएर नगरपरिषद् बहिष्कार गरेका हौं।’

    नगरपरिषद बहिष्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरु समेत रहेका छन् । नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ