• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आउन सक्ने चेतावनी

    889
    SHARES

    काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आउन सक्ने भन्दै प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

    मेलम्ची नदीमा पानीको वहाव बढेको र मंगलबार पहिरो गएको क्षेत्रमा बिहीबार पनि पानी परेकाले सुरक्षित रहन आग्रह गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

    जल तथा मौसम विज्ञान विभागले पनि पानी पर्नसक्ने र फेरी बाढी आउन सक्ने चेतावनी दिएपछि मेलम्ची बजारको तटीय क्षेत्रका वासिन्दालाई सुुरक्षित स्थानमा जान आग्रह गरिएको उनको भनाइ छ ।

    मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ नाकुत्ते भन्दा ५०० मिटर माथि पहिरो जाँदा मेलम्ची नदीमा बाँध बनेको र पछि उक्त बाँध फुट्दा ठूलो बाढी आएको थियो । बाढीले हेलम्बु र मेलम्ची नगरपालिकामा भएको डुवानले जनधनको क्षति गरेको थियो ।

    सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने दुवै जना चिनियाँ नागरिक भएको खुलेको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु छन् ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको बताए । उनका अनुसार दुवै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ