• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिंदै

    726
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ।

    ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

    खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ। खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।

    खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ