• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय

    474
    SHARES

    Web

    काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाईमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एशोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्यूरी (अदालतको सहयोगी) मा पठाउने निर्णय गरिएको हो ।

    मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य विकास भट्टराईले जानकारी दिए । जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

    उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो । कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ ।

    यस्तै सर्वोच्च अदालतले निषेधाज्ञा र बन्दाबन्दीको समयमा मूल्य अभिवृद्धि कर बुझाउनेबारे भएको पूर्वआदेशविपरीत कुनै निर्णय नगर्न आदेश दिएको छ। सर्वोच्चले बन्दाबन्दीकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।

    मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म मात्र कर तिर्न छुट पाउने आदेश दिएको हो ।

    यसअघि सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेको ३० दिनभित्र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो । मंगलबारको इजलासले उक्त अन्तरिम आदेश खारेज गरिदिएको छ ।

    अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार निर्णय गरी प्रकाशित गरेको सूचनामा उल्लेख भएको अवधिसम्म मात्र कर नतिरेमा जरिवाना छुट पाउन सक्ने सर्वोच्चले आदेश दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ