• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    पाँचतारे होटलमा यस्तो का’ण्ड मच्चाईरहेकी थिइन् अभिनेत्री शाह, प्रहरीले गर्यो पक्राउ

    816
    SHARES

    भारतको मायानगरी भनिने मुम्बईमा एक बलिउड अभिनेत्रीले आफ्नो जन्मदिनमा ड्र’ग्स पार्टीको आयोजना गर्नु भारी परेको छ । पार्टी उत्कर्षमा पुगेका बेला प्रहरीलाई कसैले गोप्य तरिकाले यसबारे जानकारी दिएपछि प्रहरीको समूहले यसैको आधारमा अबेर रात होटलमा छापा मार्यो । प्रहरीको छापामा अभिनेत्री र उनका साथीलाई पक्राउ गरेको छ । अभिनेत्रीको पहिचान नाइरा नेहल शाहको रुपमा भएको छ ।

    घटना मुम्बईको सान्ताक्रुज प्रहरी थाना इलाकाको हो । जहाँ एक पाँचतारे होटलमा बलिउड अभिनेत्री नेहल शाह आफ्नो जन्मदिन मनाइरहेकी थिइन् । उनी ड्र’ग्स’सहित पार्टी गरिरहेकी थिइन् । प्रहरीले आइतबार–सोमबारको राती होटलमा छापा मारेर यसबारे खुलासा गरेको हो ।

    भारतीय सञ्चार माध्यमका अनुसार एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार अघिल्लो रात करिब ३ बजे एक पाँचतारे होटलमा छापा मारिएको थियो । त्यहाँ बलिउडमा साना भूमिका निभाउने अभिनेत्री र उनका साथीहरुलाई ड्रग्स सेवन गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । सान्ताक्रुज प्रहरीले यसका लागि मुद्दा दर्ता गरेको छ ।

    प्रहरीका अनुसार अभिनेत्री नेहल शाह होटलको एउटा रुममा चरेसको प्रयोग पनि गरिरहेका थिए । प्रहरीले तत्काल पार्टीमा उपस्थित अभिनेत्री नेहल र उनका साथी आशिक हुसैनलाई पक्राउ गरियो । दुबैले त्यहाँ चरेसको प्रयोग गरिरहेका थिए ।

    सोमबार यी दुईलाई सान्ताक्रुज प्रहरीले दुबैलाई अदालतमा पेश गराए । त्यहाँ अदालतले दुबैलाई जमानतमा रिहा गरिदिएको छ । प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ । नाइरा नेहल शाहले दुईवटा तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् ।

    सुशान्तको यादमा रिया लेखिन, ‘प्लिज, फर्केर आउ’

    बलिउड अभिनेता सुशान्त राजपूतलाई आ’त्मह’त्या गर्न दु’रु’त्साहन गरेको आरोपमा जेल समेत गएकी अभिनेत्री रिया चक्रवर्तीले सुशान्तको सम्झनामा भावुक स्ट्याटस लेखेकी छन् । सुशान्तले आ’त्मह’त्या गरेको हिजो एक वर्ष पुगेको दिन उनले सुशान्तको यादमा स्ट्याटस लेखेकी हुन् ।

    उनले लेखेकी छन्, “तिमी यहाँ नभएको विश्वास दिलाउने कुनै पल नै छैन । मानिसहरु सबै कुरा समयसँगै ठिक हुन्छ भन्छन् तर मेरो सबै समय नै तिमी थियौ । तिमी मेरो अभिभावक हौ । तिमीले मलाई चन्द्रमाबाट टेलिस्कोपको सहारामा हेरिरहेका छौ र रक्षा गरिरहेका छौ ।”

    रियाले अगाडि लेखेकी छन्, “म हरेक दिन तिमी आउने पर्खाइमा बस्छु । म तिमीलाई हरेक ठाउँमा देख्छु । यो पीडाले मलाई हरेक दिन टुक्र्याउँछ । तिमी यहाँ नभएको आभासले मलाई निकै पीडा दिन्छ ।”

    उनले उक्त स्ट्याटसमा सुशान्तबिना उनको जिन्दगी नै नरहेको बताएकी छन् । उनले लेखेकी छन्, “तिमी बिना जिन्दगी नै छैन । तिमी जिन्दगी नै आफूसँग लिएर गयौ । यो खाली पन कसैले भर्न सक्दैन । तिमी बिना म एक्लै भएकी छु । मेरो स्वीट सनशाइन ब्वाइ, म तिमीलाई हरेक दिन मालपुवा दिन र क्वान्टम फिजिक्सको सबै किताब पढ्ने बाचा गर्छु । कृपया तिमी फर्केर आउ ।”

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ