• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    यूरोकप हेर्दा विवाद भएपछि खेलाडी र सञ्चालक पक्राउ

    709
    SHARES

    काठमाडौं । होटलमा बसेर युरोकप फुटबल हेर्दा सुरु भएको विवादका क्रममा झगडा परेपछि प्रहरीले खेलाडी र होटल सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटबल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल सञ्चालकलाई पक्राउ गरिएको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा युनाइटेड बिजनेस होटलका सञ्चालक अश्विन श्रेष्ठ, एसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङसहित ८ जना छन् ।

    एसपी बस्नेतका अनुसार जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटबलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अहिले उनिहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना लिएर रिहा गरेको छ ।

    संक्रामक रोग ऐन–२०२० विरुद्धको कसुरमा उनीहरुलाई प्रमुख जिल्ला अधिकारीले जरिवाना गरेका हुन् । होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    त्यस्तै युरो २०२० अन्तरगत फिनल्याण्डबिरुद्धको खेलमा क्रिस्टियन एरिक्सनलाई ‘कार्डियाक अरेस्ट’​ भएको डेनमार्कको फुटबल टोलीका डाक्टर मोर्टेन बोसेनले बताएका छन् । यसअघि, अधिकारीहरुले अस्पतालमा एरिक्सनको अवस्था स्थिर रहेको जानकारी दिएका थिए ।

    शनिबारको खेलको पहिलो हाफको अन्तयतिर एरिक्सन मैदानमा नै ढल्न पुगेका थिए । ‘हामीले उनलाई गुमाइसकेका थियौँ । हामीले कार्डियाक रिसक्सीटेसन गर्यौँ ।

    त्यो कार्डियाक अरेस्ट थियो,’ उनले भने, ‘हामी उनलाई गुमाउन कति नजिक थियौँ ? थाहा छैन तर एउटा डिफिब्रिलेसनपछि हामीले उनलाई फर्काउन सफल भयौँ ।’ हालसम्मको परीक्षणले सबै कुरा ठीक देखिएको र त्यो किन भयो भन्ने कुनै व्याख्या नभएको पनि उनले बताए ।

    २९ वर्षीय खेलाडीले आइतबार बिहान टोलीका अन्य सदस्यहरुलाई सन्देश समेत पठाएको डेनिस अधिकारीहरुले जनाएका छन् । मुख्य प्रशिक्षक कास्पर जुल्मान्डले एरिक्सनले आफूलाई शनिबारको खेलको बारेमा धेरै कुरा याद नरहेको बताएको जानकारी दिएका छन् । शनिबार खेलिएको खेलमा डेनर्माक फिनल्याण्डसँग १–० ले पराजित भयो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ