• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    नीशाको त्यो दुर्घटना जसले अस्थिपञ्जर मात्र बाँकी गरायो

    685
    SHARES

    काठमाडौँ । पछिल्ला केहि दिनयता सामाजिक सञ्जालमा नीशा घिमिरेका तस्विरहरु निकै चर्चामा छन् । उनका केही समयअगाडीका तस्विरमा अहिलेको अवस्थाको तस्विर राखेर आर्थिक सहयोग माग्दै राखिएका पोष्टहरु फेसबुकमा भाइरल नै भइरहेका छन् ।

    डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटनामा परेकी हुन् । जसको कारण उनको ब्रेन ह्यामरेज भयो । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाली दुतावासमा खर्चको व्यवस्था गर्न माग गरेपनि कतैबाट सहयोग नपाएको परिवारको भनाई छ ।

    निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा तिर्न नसकेपछि हाल भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् । उनको हालको यस्तो अवस्था देख्दा कसको पो आँखा रसाउदिन होला र ?

    तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल नीशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल नीशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् ।

    दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी नीशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने अवस्थामा पुगेकी छिन् ।

    बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको छ । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ ।

    नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै उनका आफन्तले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

    हाल नीशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

    निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । नीशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ