• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मन्त्रीको सूचीबाट आफ्नो नाम काटिएपछि महेश बस्नेतले ओलीलाई दिए यस्तो कडा चेतवानी, बालुवाटारमा खैलाबैला

    567
    SHARES

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट भएका छन् । गृहमन्त्रीको दौडमा रहेका बस्नेतको नाम मन्त्रीको लिस्टबाट काटिएपछि उनी रुष्ट भएका हुन् ।

    बस्नेतले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका केही सल्लाहकारका कारण रोकेको भन्दै गुट परिवर्तनसम्मको चेतावनी दिएका छन् । उनले विष्णु रिमाल र राजन भट्टराईलाई उचित समयमा देखाइदिने भन्दै उनले ओलीलाई चेतावनी समेत दिएको बुझिएको छ ।

    गृहमन्त्रीको मुख्य दाबेदार बस्नेत आक्रोशित भई निकटस्थसँग छलफलमा रहेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार बस्नेतले योगदानलाई महत्वहीन ठान्न थालिएको भन्दै गुट परिवर्तनसम्म गर्न सक्नेबारे छलफल गरेको बुझिएको छ ।

    विहीबार मन्त्रिपरिषद विस्तार हुँदा महेश बस्नेतलाई प्रधानमन्त्री ओलीले निराश बनाइदिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस समेत लेखेका छन् । आफ्नै कमरेडले मन्त्री बन्न नदिएको संकेत गर्दै उनले भनेका छन् ‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन ।….पार्टीभित्र मात्र होइन, बाहिरका मान्छेलाई समेत प्रभाव र दबाव पर्ने गरी काम गरेको छु । ….पटक–पटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नुहुन्छ । मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।’

    यस्तो छ उनको पुरा स्टाटस ”मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्, पार्टी निति , नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु, पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु।

    पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउन हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ ।
    हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु, जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि !

    कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। त्यस्ता भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा मैले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेनैछ्। पटक , पटक अग्नि परिक्षामा होमिन तयार छु।” यो स्टाटसले बालुवाटारमा खैलाबैला मच्चिएको छ ।

    बस्नेतलाई प्रधानमन्त्री ओलीले राज्यमन्त्रीसम्म पनि बनाएन् । मन्त्री हुनेहरुको अन्तिम नाम बुधबार राति नै बालुवाटारमा तयार भएको थियो, जहाँ बस्नेतको नाम काटियो । गृह नभएपनि सञ्चार मन्त्रालयसम्म आफूले पाउनेमा बस्नेत आफू पनि ढुक्क थिए । तर, बस्नेत गृह र सञ्चार त परै जावस्, २५ सदस्यीय मन्त्रिपरिषदमै कतै अटाएनन् ।

    आफूलाई राजनीतिको चतुर खेलाडी ठान्ने बस्नेतले अन्तिम घडीमा आएर आफूलाई कसले मन्त्री बन्नबाट रोक्यो भनेर नबुझ्ने कुरै भएन । आफ्नो समूहभित्रकै कमरेडले खुट्टा तानेर आफूलाई मन्त्री बन्नबाट रोकेको बस्नेतको गुनासो बाहिर आइसकेको छ । शुरुमा बस्नेतको नाम काट्ने सोचमा प्रधानमन्त्री ओली थिएनन् । तर, आफ्नै समूहभित्र असन्तुष्टि बढेपछि उनले बस्नेतको नाम काटेको स्रोत बताउँछ ।

    बस्नेत मन्त्री बन्न लागेको चर्चा मिडियामा व्यापक बनेको थियो । बस्नेत आफैं टीभीमा अन्तरवार्ता दिँदै हिँडेका थिए । ‘आफ्नो नियुक्ति हुनुपूर्व मिडियामा यसरी चर्चा भयो भने प्रधानमन्त्री ओलीलाई रीस उठ्छ,’ स्रोतले भन्यो, ‘बस्नेतले आफैं मन्त्री बन्नका लागि प्रचार गर्दै हिँडेको प्रधानमन्त्रीज्यूलाई लाग्यो र उहाँले नाम काटिदिनुभयो । मिडियामा हल्ला–खल्ला नगरी बसेको भए कुनै न कुनै एउटा मन्त्रालयको जिम्मेवारी आउन सक्थ्यो ।’

    अघिल्लो मन्त्रिपरिषद गठनका बेला प्रधानमन्त्रीले राखेको प्रस्ताव राष्ट्रपतिले अस्वीकार गरेको भन्ने ढंगको समाचार कतिपय मिडियामा आयो । त्यस्तो समाचार लेख्ने मिडिया बस्नेतकै नजिकको रहेको भन्दै प्रधानमन्त्रीलाई निकटस्थहरुले सुनाएपछि प्रधानमन्त्री बस्नेतसँग रुष्ट बने ।

    त्यति मात्रै हैन पछिल्लो समय बस्नेत केही विवादहरुमा रुमलिएका थिए । जस्तो– जसपाका सांसद सुरेश यादवलाई सर्वेन्द्र खनालसँग मिलेर ‘अपहरण’ को प्रयास गरेको आरोप उनीमाथि छँदै थियो, वैशाख २७ मा ओलीले विश्वासको मत लिँदै गर्दा जसपा नेताहरुलाई भक्तपुरको एउटा रिसोर्टमा राखेर उनले फोटो सेसन गराएका थिए ।

    त्यस्तै, गण्डकीमा दीपक मनाङ्गेसँग मिलेको आरोप पनि उनीमाथि लागेको थियो । बस्नेतलाई मन्त्री नबनाइर उनको साटो बादलपत्नीलाई रोजिएकोमा केपी ओलीप्रति उनकै समूहभित्र युवाहरूमा असन्तुष्टि बढेको बुझिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया