• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    आर्थिक र सैन्य सहकार्यका लागि चीन र इरानबीच सम्झौता

    0.9K
    SHARES

    तेहरान । आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्यले चीन र इरानबीच रणनीतिक सम्झौता भएको छ । चीन र इरानबीच भएको २५ बर्षीय रणनीतिक सम्झौताले दुई देशबीच आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्य रहेको छ ।

    यो द्धिपक्षीय सम्झौता भनिए पनि यसले बृहत क्षेत्रमा प्रभाव पार्ने बिश्लेषण गरिएको छ । यो रणनीतिक साझेदारीको मुख्य उदेश्य इरानको अन्तराष्ट्रिय आर्थिक क्षेत्रमा अमेरिकी प्रतिबन्धको प्रतिरोध गर्नु रहेको बिश्लेषण गरिएको छ ।

    त्यस्तै चीन पाकिस्तान आर्थिक परियोजना (सीपीइसी) लाई इरान र टर्कीसम्म बिस्तार गर्नु अर्को महत्वपूर्ण उदेश्य रहेको छ । क्षेत्रीय भू राजनीतिक महत्वकांक्षाले पनि यस्ता रणनीतिक साझेदारी कायम भएका हुन् ।

    यसैबीच पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली होसेनीले राम्रो भविष्यका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीनजस्ता मुलुक एक हुने सम्भावना रहेको बताएका छन् ।

    यसअघि पनि इरान, पकिस्तान, टर्कीजस्ता मुलुकको क्षेत्रीय साझेदारी रहँदै आएको इतिहास छ । मध्यपूर्वमा सोभियत संघको प्रभावविरुद्ध सन् १९३४ मा टर्की इरान, इराक, अफगानिस्तानबीच सादबद सम्झौता भएको थियो ।

    त्यस्तै, क्षेत्रीय चासोको बिषयमा साझेदारीका लागि सन् १९५५ मा पाकिस्तान, इरान, इराक, टर्की र बेलायत बीच बग्दाद सम्झौता भएको थियो । यी मुलुकहरुको पछिल्लो साझेदारी र सम्झौताहरु पनि क्षेत्रीय चासो र भूराजनीतिक महत्वले प्रायोजित कदम रहेको बिश्लेषण भएका छन् ।

    त्यस्तै अमेरिकाले अर्को फाइजर कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको ५० करोड डोज खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिने भएको छ । यो योजना आगामी वर्षसम्म कार्यान्वयन गरिसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

    यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप विश्वका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई दिने बाइडेनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आफ्नो पहिलो विदेश भ्रमणका क्रममा जी ७ सम्मेलनमा बेलायत जान लागेका बाइडेनले त्यहाँ यो घोषणा गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ ।

    अमेरिकामा अहिलेसम्म ६४ प्रतिशत नागरिकलाई कोरोनाविरूद्धको पहिलो खोप लगाइसकिएको छ । तर कतिपय मुलुकमा खोप नै नपुग्दा अमेरिकामाथि खोप उपलब्ध गराउन दबाब बढ्दो छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया