• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    उडेको केहि मिनेटमै जहाज दुर्घटना, १२ जनाको मृत्यु, थप विवरणसहित

    276
    SHARES

    एजेन्सी । म्यानमारमा एक सैनिक जहाज उडेकाे केहि समयमै दुर्घटना भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। जहाजमा को-को थिए भन्ने खुलिसकेको छैन।

    १६ सिटे उक्त जहाजमा ६ जना सैनिक अधिकारी पनि सवार थिए। म्यानमारको सेनाले गत फेब्रुअरी १मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर कूमार्फत् सत्ता हत्याएको थियो। सैनिक कूको विरोधमा भएका प्रदर्शनका क्रममा अहिलेसम्म सयौं नागरिकको मृत्यु भएको छ।

    यता भारी वर्षापछि भारतको मुम्बइस्थित मलाड वेस्टको मालवानी क्षेत्रमा रहेको एउटा चार तल्ले भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अन्य कयौँ बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    बुधवार राति साढे ११ बजेतिर भवन भत्किदा घाइते भएका ८ जनाको स्थानीय बीडीबीए नगर जनरल हस्पिटलमा उपचार भइरहेको छ । घरको भग्नावशेषमा फसेका १५ जनाको उद्धार गरिएको छ ।

    भारी वर्षाकै कारण मुम्वइका सडक तथा रेलमार्ग पनि बन्द भएको छ । अझै चार दिन भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ भारतीय मौसम विभागले आह्वान गरेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६ सय ७६ पुगेको छ ।

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ४८ थपिएको छ । तर यो संख्या २४ घण्टामै मृत्यु भएको भने होइन । बिहारमा कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याइएका कारण मृतकको संख्या थपिएको हो । बिहारमा बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्यामा ३ हजार ९ सय ५१ थपिएको छ । योसँगै बुधबारसम्म बिहारमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय २९ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ९४ हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख ५१ हजार ३ सय ६७ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९१ लाख ८३ हजार १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ करोड ७६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । त्यस्तै भारतमा ११ लाख ६७ हजार सक्रिय संक्रमित रहेका छन् ।

    त्यस्तै बुधबार बेलुकासम्म भारतमा २४ करोड डोजभन्दा बढी कोरोना खोप लगाइएको छ । १८ देखि ४४ वर्ष उमेर समूहका ३ करोड ३८ लाखभन्दा बढीलाई कोरोनाको पहिलो मात्रा लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

    उता आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्यले चीन र इरानबीच रणनीतिक सम्झौता भएको छ । चीन र इरानबीच भएको २५ बर्षीय रणनीतिक सम्झौताले दुई देशबीच आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्य रहेको छ ।

    यो द्धिपक्षीय सम्झौता भनिए पनि यसले बृहत क्षेत्रमा प्रभाव पार्ने बिश्लेषण गरिएको छ । यो रणनीतिक साझेदारीको मुख्य उदेश्य इरानको अन्तराष्ट्रिय आर्थिक क्षेत्रमा अमेरिकी प्रतिबन्धको प्रतिरोध गर्नु रहेको बिश्लेषण गरिएको छ ।

    त्यस्तै चीन पाकिस्तान आर्थिक परियोजना (सीपीइसी) लाई इरान र टर्कीसम्म बिस्तार गर्नु अर्को महत्वपूर्ण उदेश्य रहेको छ । क्षेत्रीय भू राजनीतिक महत्वकांक्षाले पनि यस्ता रणनीतिक साझेदारी कायम भएका हुन् ।

    यसैबीच पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली होसेनीले राम्रो भविष्यका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीनजस्ता मुलुक एक हुने सम्भावना रहेको बताएका छन् ।

    यसअघि पनि इरान, पकिस्तान, टर्कीजस्ता मुलुकको क्षेत्रीय साझेदारी रहँदै आएको इतिहास छ । मध्यपूर्वमा सोभियत संघको प्रभावविरुद्ध सन् १९३४ मा टर्की इरान, इराक, अफगानिस्तानबीच सादबद सम्झौता भएको थियो ।

    त्यस्तै, क्षेत्रीय चासोको बिषयमा साझेदारीका लागि सन् १९५५ मा पाकिस्तान, इरान, इराक, टर्की र बेलायत बीच बग्दाद सम्झौता भएको थियो । यी मुलुकहरुको पछिल्लो साझेदारी र सम्झौताहरु पनि क्षेत्रीय चासो र भूराजनीतिक महत्वले प्रायोजित कदम रहेको बिश्लेषण भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया