• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    24
    SHARES

    काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । सुनको मूल्य प्रोतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज घटेको मूल्यसँगै आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि बुधबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

    यस्तै नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया