• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    काठमाडौँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरू

    52
    SHARES

    काठमाडौँ । सिजी कम्युनिकेसन प्रालिले काठमाडौँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरूवात गरेको छ ।

    यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबी समेत गरिएको छ ।

    कम्पनीद्वारा आज जारी विज्ञप्तिमा १२० एमबीपीएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ। कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताको जीवनमा नयाँ अनुभव गराउने बताए। कम्पनीले शुरूवाती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपीटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

    विज्ञप्तिमा शुरुवाती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया