• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    ५० करोड खोप खरिद गरेर यी ९२ मुलुकलाई अनुदानमा दिँदै अमेरिका

    104
    SHARES

    काठमाडौँ । अमेरिकाले अर्को फाइजर कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको ५० करोड डोज खोप खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिने भएको छ । यो योजना आगामी वर्षसम्म कार्यान्वयन गरिसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

    यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप विश्वका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई दिने बाइडेनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    आफ्नो पहिलो विदेश भ्रमणका क्रममा जी ७ सम्मेलनमा बेलायत जान लागेका बाइडेनले त्यहाँ यो घोषणा गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ ।

    अमेरिकामा अहिलेसम्म ६४ प्रतिशत नागरिकलाई कोरोनाविरूद्धको पहिलो खोप लगाइसकिएको छ । तर कतिपय मुलुकमा खोप नै नपुग्दा अमेरिकामाथि खोप उपलब्ध गराउन दबाब बढ्दो छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया