• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    दोहोरो अंकले घट्यो नेप्से, १७ अर्बको सेयर कारोबार

    24
    SHARES

    काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि बुधबार नेप्से परिसूच्क १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको छ ।

    उता क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेको छ । कारोबार रकममा भने उल्लास कायमै छ । दिनभर भएका १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् ।

    जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ पुगेको छ । नेपाल इन्स्यारेन्सका लगानीकर्ताहरुले बुधबार धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर १ हजार ६ रुपैयाँ पुगेको छ ।

    दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावरक कम्पनी र तेस्रोमा रिढी हाइड्रोपावर कम्पनी देखिएका छन् । यसैगरी अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्यारेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

    उता धेरै गुमाउनेहरुको पहिलो नम्बरमा युनाइटेड आइडीआई मार्दी, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकको सेयर मूल्य धेरै घटेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया