• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    थप ५१५३ जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

    789
    SHARES

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ ।

    नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् ।

    यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ ।

    कोभिड-१९ को संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८३६ जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोन भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा अक्सिजन सिलिण्ड व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    यस्तै मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न बाहनामा घर वा टोलमा लगिएका अक्सिजन सिलिण्डरहरु समबन्धित उद्योगमा यथाशीघ्र पुर्‍याउन, अक्सिजन उद्योगहरुलाई अक्सिजन भरेर राख्न तथा अस्पतालहरुलाई पनि अधिकतम मात्रा अक्सिजनको अभाव हुन नदिने कार्यमा जुट्न आग्रह गरेको हो ।

    मन्त्रालयले अक्सिजन प्लान्ट वा टयांकहरु मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यस्था मिलाउन समेत अस्पतालहरुलाई ग्रह गरेको छ ।

    उपचारका लागि अत्यावश्यक हुने अक्सिजन भर्नुपर्ने सिलिन्डहरु महामारीका कारण देशका विभिन्न भागमा व्यक्तिका घरमा,टोल, आइसोलेशन सेन्टर र अस्पतालकहरुमा पुगेकाले उद्योगमा सिलिन्डर अभाव हुने अवस्था आएकोप्रति मन्त्रालयले सचेत गराएको हो ।

    ‘जुनसुकै व्यक्ति संस्था, निकायहरुले जुनसुकै बहानामा लैजानु भएको अक्सिजनका सिलिन्डहरु यथाशीघ्र सम्बन्धित उद्योगमा उपलब्ध गराउनु होला’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया