• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो

    167
    SHARES

    काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो ।

    यस अनुसार अब हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गर्ने निर्णय लिएको हो ।

    निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो । तर, यो नाफा एलपी ग्यासमा भइरहेको पाक्षिक ५० करोडको तुलनामा निकै कम भएको भन्दै मूल्य घटाउन राजी भएको हो ।

    निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले कोरोनाका कारण सिर्जना भएको यो अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा बढीमा १५ प्रतिशत मात्र नाफा राखेर घटाउने निर्णय गरेको हो ।

    अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए ।

    सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको छलफलपछि यस्तो निर्णय लिइएको निगमले जनाएको छ ।

    अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटेसँगै नेपाल एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानमा भाडा घटाएको छ । वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया