• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सरकारी गाडी लिएर ‘डेटिङ’मा स्वयम्भू पुग्ने व्यक्तिको परिचय खुल्यो, को हुन् उनि ?

    746
    SHARES

    काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञालाई छल्दै सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको छ ।

    गृहमन्त्रालयका एक अधिकारीका अनुसार गत आइतबार बिहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर स्वयम्भूमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो ।

    सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो। आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सरकारी गाडीमा युवती लिएर उनी स्वयम्भू डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो ।

    पत्रकार छायाचन्द्र भण्डारीले स्वयम्भूको डाँडाको एक कुनामा उनीहरुको ‘मोजमस्तीमा लिप्त’ बनेको भिडियो र तस्वीर खिचेका थिए ।जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

    बिहान ११ बजे स्वयम्भू पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२ः४५ बजे त्यहाँबाट निस्किएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र सत्य तथ्य बुझेर सरकारी गाडी दुरुपयोग गर्दै सार्वजनिक स्थलमा अस्वभाविक हर्कत गर्नेलाई कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।

    यस्तै गृह मन्त्रालयले निषेधाज्ञाको समयमा सार्वजनिक स्थलमा ‘डेटिङ’ गएका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको छ ।

    निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई निर्देशन दिएको हो ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नयाँ शहर आयोजना प्रमुख श्रेष्ठले सरकारी गाडीको दुरुपयोग गरेकाले कारबाही गर्न भन्दै गृहमन्त्रालबाट पत्र आएको बताए ।

    ‘हामीलाई गृहमन्त्रालबाट सरकारी गाडी दुरुपयोगका विषयमा कारबाही अघि बढाउन आजै मात्र पत्र आएको छ ।’ खबरहबसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘हामी सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया