• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    यौ’नकर्मी सम्झिएर चर्चित भारतीय अभिनेत्री शर्मालाई कसले गर्यो भेदभाव, आफैले गरिन यस्तो खुलासा

    164
    SHARES

    काठमाडाैं । अभिनेत्री माहिका शर्मा आगामी फिल्म ‘द मोर्डन कल्चर’ मा एडल्ट फिल्म स्टार डेनी डीसँगै देखिनेछिन् । माहिकाका अनुसार जब उनले डेनीसँग काम गर्ने फैसला गरिन्, तब मानिसहरुले उनलाई यौ’नकर्मी सम्झिएर भेदभाव गर्न थाले ।

    बुधबार अन्तर्राष्ट्रिय यौ’नकर्मी दिवसका दिन उनले यस विषयमा बोलेकी हुन् । माहिका भन्छिन्, ‘आफुलाई सही साबित गर्नुको साटो मैले एक यौ’नकर्मी कति दयनीय जिन्दगी बाँचिरहेकी होलिन् भन्ने सोचेँ । अनि, उनीहरुको सहयोग गर्ने योजना बनाएँ ।’

    माहिका पूर्व मिस टिन नर्थ ईस्ट हुन् । माहिकाले रामायण, एफआईआर, तू मेरे आगल बगललगायत टिभी शोमा अभिनय गरिसकेकी छिन् । उनी विभिन्न च्यारिटी र एनजीओको हिस्सा गरिसकेकी छिन् । उनले महिला र बालबालिकाको स्वास्थ तथा वेश्यावृत्ति समाप्त गर्ने उद्धेश्यले यौ’नकर्मीको पुनर्वासका लागि काम गरिरहेकी छिन् ।

    माहिकाले थपिन्, ‘म वेश्यावृत्ति समाप्त गर्न चाहन्छु । जबकी हाम्रो देशमा पनि पोर्नमाथि प्रतिबन्ध लगाइएको छ, तर पनि यहाँ धेरै डिजिटल नेटवर्कहरुले स्थानीय अभिनेतालाई लिएर धेरै पाेर्न फिल्म बनाउँदै, रिलिज गर्ने गरेका छन् । यो दुःखलाग्दो विषय हो । हामीले कानूनी रुपमा यस्ता विषयमा ध्यान दिनुपर्छ ।’

    लकडाउनमा घुम्न निस्किएपछि टाइगर र दिशा विरुद्ध एफआइआर दर्ता

    बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो ।

    यी दुई कलाकार बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ । उनीहरुको कागजपत्र चेक गरेर प्रहरीले छाडेको थियो । अब भने प्रहरीले घटनाको छानबिन गरेर एफआइआर दर्ता गरेको छ ।

    मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो । मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट छ ।

    भारतीय मिडियाका अनुसार, मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए । टाइगर कारको पछाडि सिटमा बसेका थिए भने दिशा अगाडि सिटमा बसेकी थिइन् । दुई कलाकारको आधार कार्ड चेक गरेर प्रहरीले उनीहरुलाई छाडेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया