• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    तोलामा १५०० ले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    267
    SHARES

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । निरन्तर बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । हिजोको तुलनामा आज सुन १५०० रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    संघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार, चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले घटेको हो ।

    यस्तै नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ ।

    क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५० पैसा तथा बिक्रीदर ९७ रुपैयाँ कायम रहेको छ । जापानिज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ ।

    साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया