• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकप छनोटमा अस्ट्रेलियाले कुवेतलाई ३-० ले हरायो

    48
    SHARES

    काठमाडौँ । विश्वकप एसियाली छनोटको समूह ‘बी’ मा अस्ट्रेलियाले बिहीबार राति कुवेतलाई ३–० ले हराएको छ । जितसँगै अस्ट्रेलियाले समूहको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितमा म्याथ्यु लेकी, ज्याकसन इरभान र एजडिन हुरसिकले गोल गरे ।

    नेपाल सम्मलित यो समूहका प्राप्त जितपछि अस्ट्रेलियाको ५ खेलबाट अधिकतम १५ अंक भएको छ । त्यसपछि कुवेत र जोर्डन समान १० अंकमा छन् । नेपालको ६ अंक छ भने चिनिया ताइपेईले अहिलेसम्म खाता खोलेको छैन ।

    एसियाली विश्वकपका बिहीबारका अन्य खेलमा इरानले हङकङलाई ३–०, बहराइनले कम्बोडियालाई ८–०, प्यालेस्टाइनले सिंगापुरलाई ४–०, कतारले भारतलाई १–० र यूएईले मलेसियालाई ४–० ले हरायो । यस्तै बंगलादेश र अफगानिस्तानले १–१ र थाइल्यान्ड र इन्डोनेसियाले २–२ को बराबरी खेले ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया