• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    चाइनिज ताइपेइलाई हराएपछि नेपाली प्रशिक्षकले भने- फ्रन्टलाइनका स्वास्थ्यकर्मीमा जित समर्पित

    167
    SHARES

    काठमाडाैं । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो ।

    नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे ।

    समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो । त्यसका लागि आजको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । समूह बीमा चार खेलबाट १२ अंक बटुल्दै अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

    त्यस्तै पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ । ६ खेलबाट कुनै अंक बटुल्न नसकेको ताइपेई भने पुछारमा छ । छनोटअन्तर्गत नै गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।

    फ्रन्टलाइनका स्वास्थ्यकर्मीमा जित समर्पित : अल्मुताइरी

    नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियाली विश्वकप छनोट समूह बीमा चिनियाँ ताइपेईमाथि प्राप्त जित कोरोना महामारी रोकथामका लागि फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् ।

    नेपालले चिनियाँ ताइपेईमाथि २–० को प्रभावशाली जित निकालेको हो । कोभिड संक्रमण महामारीकै कारण नेपालले आफ्नो घरेलु मैदानमा हुनुपर्ने खेल खेल्न पाएको छैन । अहिले कुवेतमा खेलिरहेको छ ।

    अल्मुताइरीले भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘चिनियाँ ताइपेईले पनि आज निकै राम्रो खेल्यो । खेल निकै महत्त्वपूर्ण थियो र यसमा विपक्षी टिमलाई आश्चर्यमा पार्न हामीले नेपाली टिममा केही परिवर्तन गरेका थियौं,’ उनले थपे, ‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो र हाम्रो टिम उत्तिकै महत्त्वपूर्ण रह्यो ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया