• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विवेकशील साझाका नेता उज्वल थापाको निधन

    26.5K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाल मेडिसिटी अस्पतालले पनि थापालाई ४ बजेर २५ मिनेटमा मृत घोषित गरेको छ ।

    स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

    थापाको उपचारका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ। उनलाई चिकित्सकहरूको सल्लाहमा भेन्टिलेटरभन्दा अत्याधुनिक उपचार आवश्यक देखिएपछि त्यसका लागि आर्थिक सहायता माग गर्दा उक्त रकम संकलन भएको हो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया