• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर बालक जब अस्पताल पुगे…

    338
    SHARES

    एजेन्सी । साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिसहरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिकाहरूको सोच्ने तरिका फरक हुने हुनाले बालबालिकाहरू साना-साना कुरामा दुखी हुने गर्छन् ।

    त्यसैले उनीहरुलाइ फकाउनु उत्तम उपाय हुन्छ । यस्तै भारतका एक बालकको निकै चर्चा चलिरहेको छ । अहिले सामाजिक सञ्जालमा बालक निकै भाइरल भइरहेका छन् । ती बालकको कामले धेरैलाई भावुक बनाएको छ । ती बालकले चल्ला बोकेर अस्पताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।

    ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला किचेपछी बालक निकै दुखी भए । इन्डिया टाइम्स डटकमका अनुसार बालकको साइकलले कुखुराको चल्ला किचेपछी बालक आफूसँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्पतालमा पुगे ।

    यस विषय सामाजिक सञ्जालका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रतिक्रिया जनाए । यो समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८५ हजार शेयर भएको छ ।

    यस्तै बेलायतको कट्सभोल्ड्सस्थित ग्रामीण इलाकामा भेँडा चराउने एक किसान एकै झट्कामा झण्डै करोडपछि बने । ५७ वर्षका भिक्टोरिया बोन्ड नामका भेँडी गोठालाले चौरमा यस्ता दुईवटा पत्थर फेला पारे कि त्यो बिक्रि गरेको भए आफुले चाहे अनुसारको करोडौँ मूल्य पाउँथे होलान् ।

    वास्तवमा ती पत्थर उल्कापिण्डका टुक्रा थिए तर हेर्दा सामान्यजस्तो देखिने । उल्कापिण्डका ती टुक्रा गत ४ अर्ब वर्षदेखि अन्तरीक्षमा घुमिरहेका थिए र गत फेब्रुअरीमा पृथ्वीमा खसेका थिए । आफ्नै गाउँ नजिकै पत्थर खसेको आवाज भिक्टोरियाले पनि सुनेका थिए ।

    ती दुई टुक्रा उल्कापिण्डको मूल्य करोडौँ पर्ने बताइएको छ । तर भेँडीगोठालाले उक्त पत्थरहरु नेचुरल हिस्ट्री म्युजियमलाई दान गरेका छन् ।

    संग्राहलयले ती पत्थरहरु प्रदर्शनीमा राख्नेछ । ती दुर्लभ पत्थरको नाम विन्चकम्ब उल्कापिण्ड राखिएको छ । बेलायतमा पछिल्लो ३ दशकमा फेला परेको यो पहिलो उल्का पीण्ड हो ।

    स्मरण रहोस् भिक्टोरियाले दुर्लभ उल्कापिण्ड फेला पारेको खबर थाहा पाएसँगै वैज्ञानिकहरु उनको घर पुगेर डेढ करोड रुपैयाँ बराबरको रकममा किन्ने प्रस्ताव राखेका थिए ।

    तर ती किसान निकै मनकारी रहेछन् । त्यो पत्थर दुर्लभ र बहुमूल्य उल्कापिण्ड हो भन्ने जब उनले थाहा पाए तब त्यसलाई बिक्रि गर्न मानेनन् र संग्राहलयलाई दान गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया