• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    फिल्ममा काम गर्न हिरोसँग रात बिताउने सर्त थियो- अभिनेत्री मर्चेट

    384
    SHARES

    काठमाडौं । भारतीय टिभी अभिनेत्री किश्वर मर्चेट आजभोली एक अन्तर्वाताको कारण चर्चामा आएकी छन् । अन्तर्वातामा उनले कुनै एक समय आफू कास्टिङ काउचको सिकार भएको बताएकी छन् ।

    अभिनेत्री किश्वर मर्चेटले ‘भेजा फ्राई–२’ र हम तुम और शबाना’ लगायत फिल्ममा काम गरेकी छन् । उनलाई अन्तर्वातामा सोधिएको थियो –तपाईं कास्टिङ काउचको सिकार हुनु भएको छ , कि छैन ? जवाफमा उनले भनिन्– म एक पटक कास्टिङ काउचको सिकार भएको छु जतिबेला म एक मिटिङको लागि आमासँग गएको थिए । ’

    उनले अगाडी भनेकी छन्– मलाई एक फिल्मको अवसर आएको थियो तर मलाई हिरोसँग रात बिताउने सर्त राखिएको थियो । यस क्षेत्रमा यस्ता घटना धेरै छन् । तर यस क्षेत्रको बदनाम नहोस् भन्नको लागि चुप बस्नुपर्छ । ’

    उनले बताए अनुसार आफूलाई फिल्ममा काम गर्न विभिन्न सर्त राखे पनि उनले त्यस फिल्ममा काम गरिनन् । यधपि, उनले आफ्नो काम प्रतिको झुकाबलाई आत्मासाथ गरिन् । जसको कारण आज उनी एक टिभि स्टारको रुपमा स्थापित भएकी छन् ।

    उनी अहिले ४० वर्षको उमेरमा गर्भवती भएकी छिन् । उनी र उनको श्रीमान सुयश राय करिब ६ वर्षदेखि प्रेममा थिए । उनीहरुले विवाह गरेको ४ वर्ष भएको छ ।

    मेरो पिता नै थिए मेरो ब्वाईफ्रेन्ड- अभिनेत्री नीता

    बलिउड अभिनेत्री नस्ता गुप्ता आफ्नो व्यक्तिगत जीवनको कारण आजभोली चर्चामा छिन् । नीता हालसालै रिलिज भएको फिल्म ‘सरदारका ग्रान्डस’ मा अर्जुन कपुर र रकुल प्रितको साथमा देखिएकी थिइन् ।

    नीताले यसैक्रममा आफ्नो जीवनका केही कुरा सेयर गरेकी छन् । एक अन्तर्वातामा नीताले भनिन्–मैले जीवनमा धेरै समय एक्लोपनको महसुस थरे । मेरो जीवनमा लामो समयसम्म ब्वाईफ्रेन्ड वा पति थिएन ।

    त्यो समयम मेरो पिता नै मेरो ब्वाईफ्रेन्ड थिए । उनले मलाई कामबाट अनादर भएको हरेक समय सम्हालेका छन् । म एक्ले भए पनि खुसी थिए त्यही कारण म आज पनि बिगत सम्झेर बस्दिन । ’

    नीताले क्रिकेटर विव रिचर्डससँग विवाह गरेकी थिइन् । जसको एक छोरी मसाब पनि छिन् । तर विव र नीताको सम्बन्ध छोटो समयमै सक्कियो । त्यसपछि नीताले विवेक महरासँग विवाह गरेकी थिइन् ।

    दैनिकी चलाउन यी अभिनेत्रीले बेचिन् अवार्ड

    भारतमा कोरोनाको कहरको कारण जारी लकडाउनले कयौँ कलाकार आर्थिक अभावमा गुज्रिरहेका छन् । कलाकारले पैसाको लागि आफ्नो अवार्ड समेत बेच्नु परेको खबर बाहिर आएको छ एक साउथ अभिनेत्री पावला स्यामाला यसको उदाहरण बनेकी छिन् ।

    लकडाउनको कारण आर्थिक समस्याले पावलाले अवार्ड समेत बेच्नु परेको हो । उनको यस्तो हालत देखेर सामाजिक संजाल मार्फत सहयोगका लागि थुप्रै मानिस अगाडि आएका छन् । पावला दक्षीण भारतीय (साउथ) फिल्म उद्योगकी चर्चित अभिनेत्री तथा कमेडियन हुन् । उनले हालै मिडियासँग कुरा गर्दै गरिबी धेरै देखिएको र यस्तो प्रकारको गरिबी पहिलो पटक देखेको बताएकी छन् ।

    ‘मलाई अहिलेको गरिबीबाट डरलागि रहेको छ । मेरो छोरी पछिल्लो केही महिनादेखि खुट्टाको चोटको कारण बेडमा छिन्’ उनले भनिन् ‘टिबीको समस्या समेत भएको उनलाई हरेक महिना उपचारको लागि १० हजार बढी खर्च हुने गर्दछ ।’ कोरोनाको डरका कारण आफ्नो मद्दतका लागि कोही अगाडि नआएको बताएकी उनले दैनिक गुजारा पुरा गर्न आफुले अवार्ड समेत बेचेको सुनाइन् ।

    तेलंगाना सरकारले वरिष्ठलाई पेन्सन समेत दिने गरेकोमा पछिल्लो केही महिनादेखि त्यो पनि नपाएको सुनाएकी उनले आफ्नो र बिरामी छोरीका लागि बिहान बेलुकाको रोटीको ब्यवस्था गर्न मुस्किल समेत भएको बताएकी थिइन् ।
    गत हप्ता कमेडियन कल्याणीले उनलाई १० हजार सहयोग दिएकी थिइन् । सुपरस्टार पवन कल्याण र चिरञ्जीवी पनि अहिले उनको सहयोगका लागि अगाडि आएका छन् ।

    कामको कुरा गर्ने हो भने पावलाले साउथका करिब २५० बढी फिल्म अभिनय गरेकी छन् । उनले अभिनयबाट कयौ पटक बेस्ट अवार्ड जितेकी छन् । तर अहिले लकडाउनको कारण उनलाई गुजारा चलाउन आफ्नो अवार्ड समेत बेच्नु परिरहेको छ ।

    त्यस्तै नायिका प्रियंका चोपडाका श्रीमान् तथा हलिउड स्टार निक जोनस हालै सिंगिङ रियालिटी शो ‘द भोइस’ को सुटिङका बेला घाइते भएका थिए । यसका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । अब निक जोनसले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले अब आफू पूर्ण रुपमा निको भएको र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको बताए । यस्तै, निकले पुनः शोको सुटिङ गर्न सुरु गरिदिएका छन् ।

    बाइकबाट खस्दा करङको हड्डी थोरै चर्कियोः

    कार्यक्रमको लाइभ एपिसोडका बेला निकले यो घटनाबारे खुलेर कुरा गरेका छन् । उनले भने, ‘म अब पूर्ण रुपमा ठिक महसुस गरिरहेको छु । बाइकबाट लडेका कारण मेरो करङको हड्डी थोरै चर्किएको थियो । यसबाहेक मलाई अरु चोट पनि लागेको थियो । म यति भन्न चाहन्छु कि म शारीरिक रुपमा त्यति उत्साहित महसुस गरिरहेको छैन, जति पनि साधारणतया गर्ने गर्छु ।’

    हास्दा करङको चोटमा दुख्छः

    आफ्नो स्वास्थ्यबारे जानकारी दिएपछि सह–निर्णायक ब्लेक शेल्टनले उनको करङमा लागेको चोट दुख्ने भएकोले धेरै नहसाउन भनेका छन् । यसबारे ब्लेकले ठट्टा गर्दै भन्छन्, ‘तपाईं यो शोका बेला सहानुभूति प्राप्त गर्ने कोसिस गरिरहनुभएको छ । ’

    निकले शोमा फिर्ता हुँदै सेटबाट आफ्नो एउटा भिडियो पनि सोसल मिडियामा सेयर गरेका छन् । यो भिडियोमा उनका प्रशंसकले निकै प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘तपाईंलाई ठिक देखेर धेरै नै खुसी लागिरहेको छ ।’

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया