• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    नेपाल इराकसँग ६-२ ले पराजित भएपछि प्रशिक्षकले दिए यस्तो प्रतिक्रिया

    380
    SHARES

    काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गरेका छन् । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उनले माफीसमेत मागे ।

    खेल सकिएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भए । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् ।’इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति भएको खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । नेपाली फुटबल टिमको प्रशिक्षण सम्हालेपछि अलमुताइरीको यो पहिलो खेल थियो ।

    कुवेती प्रशिक्षक अलमुताइरीले राम्रो नतिजाका लागि केही समय धैर्य गर्न आग्रह गरे । उनले भने, ‘हामीले आज २ गोल गरेर खुशी मनायौं तर अब धरै खुशी बनाउँछौं । केही समय पर्खनुस्, हामी राम्रो गर्छौं । हामी विश्वकप छनोटका लागि तयार हुन्छौं ।’

    राम्रो नतिजाका लागि केही समय चाहिने बताउँदै उनले भने, ‘हामीले आज एक अवसर गुमायौं । त्यो गोल भएको भए राम्रो हुन्थ्यो । केही सिल्ली मिस्टेक गर्दा खेल हारिन्छ, हामीलाई केही समय चाहिन्छ । जब हाम्रो लामो ट्रेनिङ हुन्छ हामी राम्रो रिजल्ट ल्याउँछौं ।’ डेब्यू खेलमा गोल गरेका मनिस डाँगीले राम्रो अनुभव हासिल गरेको भन्दै भविष्यमा अझै राम्रो खेल्ने बताए ।

    इराकविरुद्ध नेपालको प्रदर्शन कमजोर

    अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बलियो प्रतिद्धन्द्धी इराक विरुद्ध सन्तोषजनक खेल प्रदर्शन गरेको छ । गय राति इराकको घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले ६ का विरुद्ध २ गोलको हार बेहोर्यो । हारका बाबजुद नेपालले २ गोल गर्नु राम्रो प्रदर्शन हो ।

    डिफेन्स लाईन र गोलकिपर किरण चेम्जोङको गल्तीका कारण नेपालले सहजै ४ गोल खान पुग्यो । नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।

    खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरे ।

    खेलको २९ औं मिनेटमा मनिषको गोलबाट नेपालले २(१ को अग्रता बनायो । तर त्यो खुसी धेरैबेर टिक्न पाएन । अन्तत इराकले लगातार ५ गोल थप्यो । दोश्रो हाफमा नेपालले केही राम्रो मुभ बनाउने प्रयास गरेको थियो ।

    तर नेपाल दोश्रो हाफमा निक्कै दबाबमा देखियो भने इराक सहजतापूर्वक खेलिरहेको थियो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेको हो हो ।

    यस्तै यता पोर्टोमा आयोजित रोमाञ्चक फाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । खेलमा काइ हाभर्टजको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफको ४२ औँ मिनेटमा मेसन माउन्टको पासमा हाभर्टजले सिटीका गोलकिपर एडर्सनलाई छलाउँदै उत्कृष्ट गोल गरे ।

    पहिलो पटक प्रतियोगिता जित्ने होडमा रहेको सिटीले प्रिमियर लिगमा जस्तै खेल प्रदर्शन गर्न सकेन । फाइनलमा बोल्ड टीम सेलेक्सन गरेका पेप ग्वार्डिओलाको योजना विफल देखियो । बार्सिलोनाका पूर्व प्रशिक्षकले फर्नान्डिन्हो र रोड्रीलाई बेञ्चमा राख्दै आक्रामक लाइनअपलाई मैदानमा उतारेका थिए । तर, उनीहरुको अनुपस्थितिमा टोलीले मिडफिल्डमा नियन्त्रण जमाउन सकेन ।

    यता, गत सिजन पेरिस सेन्ट जर्मेनको नेतृत्व सम्हाल्दा फाइनल गुमाएका थोमल टुकलले भने यो सिजन चेल्सीलाई सन् २०१२ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् । गत जनवरीमा चेल्सीको नेतृत्व सम्हाले यता टुकलले ग्वार्डिओलाको टोलीलाई हराएको यो तेस्रो पटक हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया