• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    कोरोना प्रभावितलाई जनगणतान्त्रिक सम्पर्क मञ्चको सहयोग, रेडियो मिर्मिरेद्वारा समन्वय

    6.3K
    SHARES

    काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चले कोरोना संक्रमणबाट प्रभावित व्यक्तिहरुलाई सहयोग हस्तान्त्रण गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट मञ्चको केन्द्रीय समन्वय समितिले निषेधाज्ञाका बेला समस्या परेका सहिद परिवार, जेल जीवनमा रहेका व्यक्तिका परिवार र अग्रमोर्चामा रहेर समाचार संकलन गरिरहेका र समस्या परेका पत्रकारको लागि संकलन गरिएका सहयोग सामाग्री शनिबार हस्तान्त्रण हो ।

    सहयोग हस्तान्त्रण कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीले सरकारले कोरोना भाइरससँग नियन्त्रण र पीडितभन्दा कुर्सीको खेलमा लागेको बताए । उनले कोरोना र निषेधाज्ञा कारण चुलो बल्न नसक्ने अवस्था सिर्जना भाएपछि आफूहरुले पहल गरेर सहयोग जुटाएको बताए । यो सहयोग अभियानको उद्घाटन मात्रै भएको भन्दै स्थानीय प्रशासनसँग समन्वय गरी जारी रहने अधिकारीले जानकारी समेत दिए ।

    नेकपाका युवा नेता अर्जुन कटुवालले निषेधाज्ञाले समस्या परेका नागरिकलाई सहयोगले वास्ता नगरेपछि आफूहरुले वैकल्पिक रुपमा सहयोग अभियान संचालन गरेको बताए । समस्या परेका व्यक्तिलाई सरकारले आफूले पनि सहयोग नगर्ने र सहयोगी हातहरुमाथि प्रतिबन्ध लगाएको कटुवालले बताए ।

    त्यसैगरी दुर्गा अधिकारीले निषेधाज्ञाले खाद्यान्नसँगै कोरोना संक्रमितको उपचारमा पनि समस्या भएको भन्दै त्यसमा आफूहरुले सहयोग गरिरहेको बताए । राज्य गैरजिम्मेवार बनेकै कारण उपचार नपाएरै नागरिकले मर्नु परेको बताउँदै सरकारलाई गम्भीर बन्न समेत अधिकारीले आग्रह गरे ।

    त्यस्तै, बुद्धि ढुंगानाले साथीहरु भोकै बसेको खबरले आफूहरुलाई सहयोग जुटाउन बाध्य बनाएको बताए । उनले सहयोग गर्न चाहेर पनि घरभित्रै बास्नु पर्ने अवस्था सिर्जना भएको बताए । आफूहरुले सहयोग गर्न चाहेर पनि पीडितलाई साथीहरुलाई सहयोग गर्न नपाएको भन्दै ढु्ंगानाले दुःख व्यक्त गरे ।

    मञ्चका नेता विक्रम पौडेलले समस्या परेका साथीहरुलाई अभियानात्मक रुपमा सहयोग गर्ने बताए । उनले खान नपाएर कोही पनि मर्नु हुँदैन भन्ने उद्देश्यले सहयोग अभियान सुरु गरिएको बताए ।

    उद्धव पौडेल, नारायण रिमाललगायतले सहयोग गरेका थिए भने उमा गुरुङ, अमित विष्ट, देवेन्द्र श्रेष्ठ, बुद्धिमान तामाङ लगायतका व्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको मञ्चले जानकारी दिएको छ ।

    संवाद डबलीका सचिव धनञ्जय बुढाले आफूहरु कोरोना र निषेधाज्ञाको प्रवाह नगरी अग्रमोर्चामा खटिरहने पत्रकारलाई सहयोग गरेकोमा धन्यवाद दिए । सहयोग अभियानको समन्वय रेडियो मिर्मिरेका अध्यक्ष घनश्याम श्रेष्ठ ‘पुष्कर’ले गरेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया